२०८१ मंसिर ७, शुक्रबार
महेन्द्रनगर:
कञ्चनपुरको महेन्द्रनगर बजारमा र भित्री सडकमा जथाभावी निमार्ण सामग्री थुपारिँदा दुर्घटनाको जोखिम बढेको छ । व्यक्तिगत तथा व्यवसायिक निर्माण कार्यमा प्रयोग हुने ढुङ्गा, गिटी, बालुवा, इँटा र फलामे छडलगायतका सामग्रीहरू सडकमै थुर्पादा सहरको सौन्दर्यतालाई समेत कुरूप बनाउँदै गएको छ । अझ, निर्माणका क्रममा गिटी, बालुवा, सिमेन्ट मुछ्दा सडक कुरूप बन्दै बन्नुका साथै पिच छिट्टै बिग्रने समस्या आउने गरेको छ ।
निर्माण सामग्रीको उचित व्यवस्थापन नहुँदा दुई चक्के सवारीसाधनहरू चिप्लेर लड्ने समस्या दिनप्रतिदिन बढ्दै गएको भीमदत्त नगरपालिका ४ का व्यावसायी अर्जुन पाण्डेयले बताए । ‘फुटपाथ र सडकको आधा भाग छेकेर निर्माण सामग्री थुपार्दा पैदलयात्रीले बीच सडकबाट हिँड्नुपर्ने बाध्यता छ, यसबाट दुर्घटनाको जोखिम उच्च छ’, उनले भने, ‘यसमा प्रशासनले मात्र नभएर निर्माणको काम गरिरहेका हरेकले सचेत हुनु जरुरी छ ।’ एउटा परम्परामा नै विकास भएको पाइएको छ । सचेतनाको अभाव भनौँ भने जानकार मान्छेले नै यस्तो काम गरिरहेको अर्का स्थानिय भुवन जोशीको भनाई छ ।’ गल्ली भित्रका सडकहरुमा जथाभाबी भवन निमार्णका सामाग्री थुप्रिएका छन् । बजार क्षेत्रका भित्रि सडकहरुमा राखिएका निर्माण समाग्रीहरुले एकातिर बजारको सन्दौर्यता कुरुप बनाएको छ भने अर्काेतिर दुर्घटनाको जोखिम बढेको छ ।
निर्माण ब्यवासायी तथा उपभोक्ताहरुले सडकलाई सामान भण्डारणको स्थल बनाउँदा बजार क्षेत्रमा दुर्घटनाको जोखिम बढेको सदरमुकामका स्थानीय प्रकाश बस्नेतले बताए । उनले व्यवसायी तथा उपभोक्ताहरुले निर्माण सामग्री जथाभावी थुपार्ने गरेको आरोप लगाए । भवन निमार्णका सामाग्रीहरु सडक आसपासमा जथाभावी थुपार्दा सवारीसाधन बढी दुर्घटनामा पर्ने गरेका छन् । बिहान बेलुकाको समय अर्थात विद्यालय समयमा अझै बढी दुर्घटनाको जोखिम हुने गरेको उनीहरुको भनाई छ । ‘सडक आसापासमा जथाभावी थुपारेका निर्माण सामाग्री हटाउने अधिकार नगरपालिकाको भएपनि केही समयको लागि राजश्व तिरेर सामग्री राख्न दिईएको भीमदत्तका प्रवक्ता हिमाल चन्दको भनाई छ । उक्त विषयमा आफुले थप अनुगमन गरी सडकमा रहेका सामग्रीहरु हटाउनको लागि पहल गर्ने उनले बताए । बजार क्ष्ोत्रमा निर्माण सामग्री राख्नको लागि राजश्व तिरेर निश्चित समयको लागि राख्न पाउने भएपनि बजारमा नगरपालिकाले अनुगमन नगरीदिदा सामग्रीहरु लामो समय सम्म सडकमै रहेका कारण समस्या हुन लागेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी