२०८१ मंसिर १२, बुधबार
महेन्द्रनगर:
कञ्चनपुरमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । आम सर्वसाधारणहरुले कोरोनालाई हेल्चेक्राईको रुपमा लिएको भएर संक्रमणदर बढेको चिकित्सकहरुको भनाई रहेको छ । आईतवार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ऐन्टिजिन परिक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । कोरोना पुष्टि हुनेमा भीमदत्तमा ४ जना, कृष्णपुरमा ३ जना, बेलौरी र गडडाचौकीमा १(१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महिन्द्रा भटटले जानकारी दिएकी छन् । यो संगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या ९ हजार ११ पुगेको छ । यस्तै, आईतवार ३ जनाले कोरोना जितेर घर फर्किएका छन् । अहिले सम्म कोरोना संक्रमणलाई जित्नेको संख्या ८ हजार ७ सय ५१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ३ पुगेको छ । यस्तै, आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन् । अहिले सम्म कोरोना बाट मृत्यु हुनेको संख्या २ सय ४ पुगेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी