२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । दलित महिला अभियन्ताहरुलाई मनोसामाजिक परामर्श सम्बन्धी क्षमता अभिवृद्धी ३ दिने तालिम सम्पन्न भएको छ । दलित महिला संघ फेडो कञ्चनपुरले अगुवा दलित महिला अभियन्ताहरुलाई मनोसामाजिक परामर्श सम्बन्धी क्षमता अभिवृद्धी ३ दिने तालिम संचालन गरेको थियो ।
तालिममा सिकेका कुराहरुलाई आफनो समुदायमा रहेका दलित पछाडी पारिएका समुदायहरुलाई पिडाबाट उन्मुक्ती दिने र उनीहरुको मनोसामाजिकलाई बुझेर मनोपरामर्श गर्ने सहभागी शुक्लाफाँटा १० की अनिता नेपालीले बताईन् । पिडामा रहेका महिलाहरुको साथमा रहेर उनिहरुको समस्याहरुलाई उजागर गरी पिडामा थप मलहम लगाउने कार्य गर्न सक्षम भएको उनले बताईन् ।
यस्तै, बेलडाँडी गाउँपालिका की ममता सुनारले आफुले सिकेको जानेको कुराहरुलाई वास्तविक पिडामा रहेका महिलाहरु पछिल्लो समय बिभिन्न मानसिक तनावमा रहेकाका हुन्छन पारिवारिक तनाव, रोग भोकको तनावमा रहेकालाई उनीहरुको पिडाबाट मुक्त गर्न आफुले अहम भसमिका निर्वाह गर्ने बताईन् ।
मंगलवार देखी विहिवार संचालन भएको तालिममा जिल्लामा रहेका ९ वटा पालिकामा रहेका अगुवा दलित महिला अभियन्ताहरुलाई उक्त ३ दिने तालिमको आयोजना गरिएको फेडोका जिल्ला पयिोजना संयोजक नरबहादुर औजीले जानकारी दिएका छन् ।
विशेष गरी पछिल्लो समयममा फैलिरहेको कोभिड १९ र नयाँ भेरियन्ट देखा परिहेको अवस्थामा समुदायमा रहेको पछाडी पारिएको दलित समुदायका महिला तथा अन्य सिमान्तकृत महिलाहरुलाई परिरहेको प्रभाव मानसिक तनावलाई कमगर्नको लागि अभियन्ताहरुले आफनो समुदायमा अहम भुमिका खेल्ने लक्ष्यको साथमा तालिमको आयोजना गरिएको फेडोका अध्यक्ष लक्ष्मि विकले बताईन् ।
वर्तमान कोभिड १९ को सन्दर्भमा आपतकालिन राहत सहयोग परियोजना अन्र्तगत अग्रपंक्तीमा रहेका दलित महिला नेताहरुले कोभिड १९ को महमारी र त्यसको उत्पन्न परिस्थितीमा व्यापक मनोवैज्ञानिक तनावको सामना गर्न सल्लाहकारका रुपमा काम गर्न तालिमको आयोजना गरिएको परियोजना संयोजक औजीले बताए ।
मनोसामाजिक परामर्शका लागि आवस्यक ज्ञान शिप र मनोवृत्री सहित लैजाने र मनोसामाजिक समस्याबाट प्रभावित मानिसहरुलाई मद्धत गर्न मनोसामाजिक सल्लाहकारको रुपमा परिचालन गरिने परियोजना संयोजक औजीले बताए ।
यो तालिम लिई सकेपछि सहचागी महिलाहरुले समुदायमा यो महामारीको बेलामा डर त्रासको सामना गरिरहेको अवस्था र हतोत्साईत भएर आत्महत्या सम्मको बाटो रोजेर बसेका महिलाहरुको पिडाबाट मुक्त गर्न सक्षम भएर काम गर्ने उनले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी