२०८१ मंसिर १२, बुधबार
महेन्द्रनगर । भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त हलिया समस्या समाधान अध्ययन कार्यदल गठन गरेको छ । श्याम श्रेष्ठको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको मन्त्री शशि श्रेष्ठले जानकारी दिइन् ।
शुक्रबार संसदको राज्य निर्देशक सिद्धान्त समितिको बैठकमा मन्त्री श्रेष्ठले कार्यदल गठन भएको जानकारी दिएकी हुन् । उनका अनुसार कार्यदलमा अधिकारकर्मी र मन्त्रालयका कर्मचारीहरु छन् । कार्यदलमा अधिकारकर्मी गणेश बिक पनि रहेका छन् । उनका अनुसार कार्यदललाई १५ दिनको म्याद दिइएको र कार्यदलले समस्या समाधानको उपाय एवं विकल्पसहितको अध्ययन प्रतिवेदन दिनेछ ।
सरकारले ०६५ सालमै मुक्त हलिया घोषणा गरेको थियो । तर त्यसअघि लिइएको लगत अनुसार उनीहरुको व्यवस्थापन हुन नसकेको र लगत पनि छुटेको भन्दै अधिकारकर्मीहरुले सरकारको ध्यानाकर्षण गराउदै आएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी