२०८१ मंसिर ९, आईतबार
कैलाली:
जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं.०२ त्रिनगर भन्सार स्थित भारत गौरिफन्टा हुदै धनगढी तर्फ आई रहेको भारत उत्तरप्रदेश लखिमपुर खिरी बस्ने निरज राजपुतले लगाएको ज्याकेटको भित्र लुकाई छिपाई गरी ल्याउदै गरेको नेपाली अठार लाख सत्ताईस हजार फेला पारी बरामद गरी निज निरज कुमार राजपुतसंग नेपाल राष्ट्र बैंकले तोकेको भन्दा बढी रकम भएको र सो रकमको सही रुपमा कुनै किसिमको उदघोषण नगरी भारतबाट नेपाल ल्याएको देखिएको हुँदा सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन २०६४ को दफा २९ (क) को कसुरमा दफा २९ ख. को उपदफा २ बमोजिम बिगो जफत गरी बिगो बराबर जरीवाना हुने कारवाहीका लागी बरामदी नगदका साथ आवश्यक कारवाहीका लागी निज निरज कुमार राजपुतलाई कैलाली भन्सार कार्यालय पठाएको प्रहरी ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी