२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । कञ्चनपुरमा अक्सिजन प्लान्ट जडान कार्य सुरु गरिएको छ । बेलौरी, पुनर्वास नगरपालिका लालझाडी र बेलडाँडी गाउँपालिकाको संयुक्त लगानीमा बेलौरीमा अक्सिजन प्लान्ट जडान कार्य सुरु गरिएको हो ।
विहीबार पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापा, बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरी, बेलौरी नगरपालिकाका नगर प्रवक्ता विनोद नेपालीले प्लान्टको निरीक्षण गरेका छन् ।
प्लान्ट जडानका लागि काठमाडौंको फियर ट्रेड प्रालिसँग १ करोड ४३ लाख र बेलौरी नगरपालिकाको १२ लाख ५२ हजार ४ सय २९ रुपैयाँ बजेटमा बेलौरीकै गणेश निर्माण सेवासँग ठेक्का सम्झौता भएको बेलौरी नगरपालिकाका प्रवक्ता नेपालीले जानकारी दिएका छन् ।
बेलौरीको श्रीपुर स्वास्थ्य चौकीमा प्लान्ट जडान गर्न लागिएको छ । दैनिक ७५ सिलिन्डर उत्पादन क्षमताको प्लान्ट जडानले कञ्चनपुरको दक्षिणी क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवामा निकै सहज हुने र अक्सिजनका अभावका कारण ज्यान गुमाउनुपर्ने अवस्था रोकिने उनले बताए ।
अक्सिजन प्लान्ट बेलौरी र पुनर्वास नगरपालिकाको ६५÷ ६५ लाख र लालझाडी र बेलडाँडी गाउँपालिकाको ३५÷३५ लाख बजेटमा स्थापना हुन लागेको उनले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी