२०८१ मंसिर ८, शनिबार
काठमाडौं:
नेपाली काँग्रेसका युवा नेता शिरोमणि ओझाले कञ्चनपुरका आरक्ष पीडित किसानहरुको समस्या २०औं वर्ष हुदाँपनि समाधान नभएकोमा दुःख व्यक्त गरेका छन् । र, तत्काल पीडितहरुको समस्या समाधानको लागि सरकारसमक्ष आग्रह गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार समेलनको आयोजना गर्दै उनले कञ्चनपुरका आरक्ष पीडित किसानहरुको समस्या लुकेर बसेको बताउदै यसलाई राष्ट्रिय समस्याको रुपमा लिएर समाधानको बाटो खोजिनु आवश्यक रहेको बताएका हुन् । ‘कञ्चनपुर शक्लाफाँटा वन्यजन्तु आरक्षणबाट २०५८ सालमा राज्यले मुआब्जा दिन्छौं भनेर आरक्षण क्षेत्रबाट स्थानीयहरुलाई विस्थापित गरेपनि अहिलेसम्म यो समस्या समाधान गर्न सकेको छैन्’–उनले भने,‘अब सरकारले तत्कालै यो समस्या समाधानको लागि पहल लियोस ।’ साथै, उनले वर्तमान सरकार आरक्षण क्षेत्रको समस्या समाधान गर्न तत्पर रहेको बताउदै सरकारले यो समस्याको समाधान गर्नेमा आफु विश्वस्त रहेको बताए । यस्तै, नेता ओझाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएको सुरेन्द्र बम नेतृत्वको सरकारी आयोगले कुनैपनि काम नगरेको भन्दै तत्काल खारेज गर्न माग गरेका थिए । ‘शुक्लाफाँटा बन्यजन्तु आरक्षणका पीडितहरुको नाममा बनेको सरकारी आयोग जसमा करोडौं बजेट विनियोजन हुन्छ, तर त्यसको काम छैन्’–उनले भने ।कार्यक्रममा कञ्चनपुरबाट आफ्ना समस्या समाधानको माग गर्न काठमाडौं आएका आरक्षण पीडित संघर्ष समितिका जिल्ला सचिव प्रेम दत्त भट्ट, राजेन्द्र लोहार, कर्णबहादुर चन्द, कृष्णजंग सिंहलगायतले आ–आफ्नो धारणा राख्दै आफूहरुको माग पूरा गर्न सरकारसमक्ष आग्रह गरेका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी