२०८१ मंसिर १२, बुधबार
महेन्द्रनगर:
एकल महिला, सिमान्तकृत महिला, अन्य महिलाहरुले राजनितीमा प्रवेश गर्न आर्थिक रुपमा सम्पन्न हुनु पर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । मानव अधिकारको लागि महिला एकल महिला समुह कञ्चनपुरले नेपालमा सिमान्तकृत महिलाको आवाज र सहभागिता अन्र्तगत महिलाको अर्थपुर्ण सहभागितको सन्दर्भमा महिला माथी हुने राजनितिक हिंशाको अवस्था सम्बन्धी पत्रकारहरुसंग त्रैमासिक अन्तरक्रियात्मक वैठकमा सहभागिहरुले उक्त विषयमा आफनो प्रतिक्रिया दिएका हुन् । पछिल्लो समयमा बिभिन्न पार्टीहरुले वडा, जिल्ला, प्रदेश, तथा केन्द्रिय तहमा आफनो महाधिवेशन सम्मेलन भईरहेको सन्दर्भमा महिलाहरुकोे पहुँच हुन नसकेको अवस्थामा महिलाहरुको त्याग बलिदान योग्यता अनुसारको पद नपाएको गुनाशो बढदै गएको, निर्वाचित हुन नसकेको पार्टीले अवसर नदिएको गुनाशो व्यापक रहेको छ । र राजनितिबाट बञ्चित भएका महिला दिदिबहिनीहरुको हिंशा को प्रकृती र अवस्था कस्तो रहेको छ भन्ने उदेस्यले कार्यक्रमको आयोजना गरिएको नेपालमा सिमान्तकृत महिलाको सहभागिता र आवाज परियोजनाका जिल्ला कार्यक्रम संयोजक बिरबहादुर नेपालीले जानकारी दिएका छन् । सिमान्तकृत महिलाहरुलाई पार्टीहरुले भोट बैंकको रुपमा प्रयोग गर्ने तर पार्टीको प्रमुख पदमा नल्याउने पछाडी पार्ने तथा पार्टीले उचित मुल्याङकन नगर्ने र आर्थीकरुपमा पनि विपन्न भएपछि आफै स्वयम पनि अगाडी बढन समस्या हुने भएकाले महिलहरुलाई आर्थिक रुपमा सवल वनाउने संस्थाले विगत ३ वर्षदेखी जिल्लाका २ पालिका बेलडाँडी गाउँपालिकार शुक्लाफाँटा नगरपालिकामा परियोजना मार्फत बिभिन्न उधमशिलतामा सहयोग गर्दै आईरहेको उनले बताए । एकातर्फ महिला दिदिबहिनीहरुले आफनो घरपरिवारको जिम्मेवारी निभाउदै गर्दा पार्टीमा पनि आफनो योगदान मार्फत पार्टीलाई पनि अगाढी बढाउदै गर्दा पार्टीले दिएको भुमिका निर्भाह गर्दा पनि पार्टीले कुनैपनि ओहदामा पुय्राउन नसकेको अवस्थामा, पार्टीको निती नियम तथा दल सम्बन्धी ऐनमा निश्चित भएको भुमिकामा पनि महिलालाई समावेश नगरेको अवस्था रहेकामा संस्था ति समस्यामा रहेका महिलाहरुलाई आर्थिकरुपमा अगाढी बढाउने उदेस्यले गत हप्ता मात्रै २ पालिकाका निर्वाचित र एकल महिलालाई ७ दिनको उधमशिलता तालिम दिएर ५० जनालाई १२ लाख नगद बिउँपुजी रकम वितरण गरेको कार्यक्रम संयोजक नेपालीले जानकारी बताए । वुमनकाईण्डको साझेदारी मा सञ्चालित ’नेपालमा सिमान्तकृत महिलाको आवाज र सहभागिता पेभ परियोजना अन्तर्गत कञ्चनपुरको बेलडाडी गाउँपालिकाका ६ जना निर्वाचित महिला लाई जनही ३० हजार र सिमान्तकृत महिला समूहका ७ जना एकल महिलालाई जनही २० हजारका दरले उनीहरुको ब्यवसायिक योजना अनुसार उधम ब्यवसाय गर्नका लागी जम्मा रु. ३ लाख २० हजार चेक मार्फत बिउंपुजी रकम सहयोग स्वरुप बितरण गरियो उनले बताए । शुक्लाफाँटा नगर पालिकामा १४ जना निर्वाचित महिला जनप्रतिनिधि र २३ जना सिमान्तकृत समुदायका एकल महिलाहरुलार्ई बिउँपुजी सहयोग रकम हस्तान्तरण गरिएको थियो । ३० हजारका दरले ४ लाख २० हजार र २३ जना सिमान्तकृत समुदायका एकल महिलाहरुलाई २० हजारका दरले ४ लाख ६० हजार गरी ८ लाख ८० हजार उद्यम÷ब्यवासाय गर्नका लागि बिउँ पुँजी सहयोग रकम हस्तान्तकरण गरीएको उनले बताए । उक्त कार्यक्रममा जिल्लामा रहेका बिभिन्न छापा रेडियो, अनलाईन मिडियाबाट पत्रकारहरुको सहभागित ारहेको थियो । बिगत तिन बर्ष देखी संस्थाले शुक्लाफाँटा नगर पालिका र बेलडाँडी गाउँपालिकाका निर्वाचित महिला र सिमान्तकृत समहका एकल महिलाको आर्थिक सामाजिक शसक्तिकरण गर्दै राजनितिक सहभागिता अभिबृद्धि गर्न वुमनकाईण्ड वल्र्डवाईडको आर्थिक सहयोगमा नेपालमा सिमान्तकृत महिलाको सहभागिता र आवाज परियोजना सञ्चालन गरीरहेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी