२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । औपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयले मानव अधिकारको अवस्था सम्बन्धी संचारकर्मीसंग समन्वय वैठक सम्पन्न गरेको छ ।
जिल्लामा रहेका छापा, अनलाईन टिभी,रेडियोका सक्रिय पत्रकारहरुको उपश्थितीमा उत्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा पसहभागि पत्रकारहरुले अहिले पनि स्वतन्त्र भएर कार्यसम्पादन गर्न सहज वातावरण नभएको र अहिले पनि पत्रकारहरुलाई जोखिम कायमै रहेको बताएका थिए ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरका अध्यक्ष माधवसिंह धामीले कुनै पनि पत्रकारले निष्पक्ष, तटश्थ,स्वतन्त्र भएर समाचार सम्प्रेषण गर्नु पर्ने बताए । कुनै पनि पार्टीगत व्यक्तिगत भएर कसैको निकट भएर समाचार सम्प्रेषण तथा लेखन गर्नुपर्ने अवस्थामा आफनै पनि भविश्य तथा जोखिम बढने उनले बताए । पूर्वाग्रह भएर समाचार बनाउने पत्रकार पछि आफैलाई हानी हुने र सिंगो पत्रकारको बदनाम हुने उनले औँलाए । त्यस्ता पत्रकारले मानव अधिकारको क्षेत्रमा रहेर काम पनि गर्न नस्कने उनले अध्यक्ष धामीको भनाई रहेको थियो ।
ईन्सेक प्रदेश संयोजक खडक राज जोशीले नेपाल मानव अधिकार वर्ष पुस्तक आउने क्रममा त्यसको समिक्षा र मानव अधिकारको अवस्था र उनिहरुले भोगेका समस्या ,र चुनौतीको छलपल गर्न र मानव अधिकारका घटनामा कञ्चनपुरमामानव अधिकारहरुले संकलन गरेको अवस्थामाछलफल गर्न आजको कार्यक्रम संचालन गरेको बताए ।
पुस्तकमा मानव अधिकारका घटना समावेश गर्न पूर्व समिक्षाबाट आएका कुराहरुलाई पूर्नपुष्टि गरेर पुस्तकमा राख्ने उदेस्यले सरोकारवाला स.ग छलफल गरेर पत्रकारहरुसंग गरेको समन्वयात्मक वेठकबाट पनिआउने कुरालाई समावेश गर्ने हेतुले कार्यक्रम गरिएको उनले बताए ।
पत्रकारहरुले पनि निश्पक्ष, तटस्थ भएर काम गय्रो भने जोखिम पनि कम हुने र समुदायमा राम्रो संदेश जाने भएकाले सदैव आफनो कार्य सम्पादन गर्दा आफनो पत्रकारीतिाको धर्म निभाएर गरियो भने आफै लाई पनि सहज हुने उनले बताए ।
अहिले पनि सुदूरश्चिममा पत्रकारहरुको अवस्था दयनिय रहेको अवस्थामा कोभिडको बेलामा कतिपय पत्रकारहरुले कामबाट निकालिएको अवस्था जोखिम मोलेरपनि गरिएको रिपोटिङले सबै आम जनमानसलाई दिई रहेको सुचनाले सबैले सतर्क बनाउन ठुलो भुमिका खेलेको भएपनि पत्रकारको अवस्था दयनिय नै रहेको उनले बताए ।
यदी पत्रकार स्वतन्त्र, मर्यादित, निश्पक्ष र तटस्थ भएर आफनो काममा लाग्नु भयो भने ईन्सेकले आफनो जिउ ज्यान दिएर सुरक्षाका दिने ईन्सेक प्रदेश संयोजक खडक राज जोशीले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी