२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर:
एक्कासी चिशो बढेसंगै सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात भएको छ । पहाडी ७ जिल्लाका बिभिन्न उच्च लेकाली क्षेत्र र सदरमुकाममा हिमपात भएपछि जनजिवन कष्टकर भएको छ । डडेल्धुरा, बैतडी, बाजुरा, दार्चुला, बझाङ्ग लगायतका जिल्लाका विभिन्न स्थानमा हिमपात भइरहेको हो । डडेल्धुरा सदरमुकाममा मंगलबार साँझ ७ बजे पछि देखि पानी परे सँगै हिउँ पर्न सुरु भएको थियो । आलिताल गाउँपालिका–१ मेलखर्क, हगुल्टे र गन्यापधुरा गाउँपालिका–१ शाहुखर्क क्षेत्रमा हिमपात भए पछि भिमदत्त राजमार्गमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । बैतडीको ढोल्यामोड, खोड्पे, सतबाँझ लगायतका स्थानमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए। जिल्लाका केही स्थानमा हिजो साँझ देखि र केही स्थानभमा आज बिहान देखि हिमपात भइरहेको उनले बताए । यस्तै, बाजुरामा पनि हिमपात भइरहेको छ । जिल्लाका हिमाली गाउँपालिका, बुढीनन्दा, स्वामीकार्तिक गाउँपालिका, बडीमालिका नगरपालिकाका विभिन्न स्थानमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुरका प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझाले बताए । डडेल्धुरा, बैतडी, बाजुरा लगायतका जिल्लाका उच्च लेकाली भेगमा हिमपात भए सँगै चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी