२०८१ मंसिर ८, शनिबार
काठमाण्डौ:
पछिल्लो २४ घण्टामा दुई सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार ८४ जनाको नमुना परीक्षण गर्दा दुई सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सय १२ जना निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ११ हजार नौ सय ५८ पुगको छ । यही अवधिमा चार जना सङ्क्रमितको ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार पाँच सय ९४ जनाले ज्यान गुमाएका छन् । अहिले नेपालमा चार हजार आठ सय ७९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् । यसैबीच नेपालमा कोरोना भाइरसविरुद्धको कम्तीमा पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ४० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा एक लाख ३९ हजार एक सय ५२ जनाले खोप लगाएसँगै कोरोनाविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोड ४० लाख ३६ हजार ६ सय ६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा एक करोड तीन लाख ८४ हजार आठ सय ५१ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी