२०८१ मंसिर १८, मंगलबार
महेन्द्रनगर । डडेल्धुराको भित्री मधेशमा रहेको आलिताल गाउँपालिकालाई जोडनको लागी १० करोडमा पक्की पुलको निर्माण गरिएको छ । गाउँपालिकाको कार्यालय र वडा नं. ५ क्षेत्रलाई सडक सञ्जाल संग जोडन उक्त पुलको निर्माण गरिएको हो ।
वर्षेनि धनजनको क्षती पुगाउने भित्रिमधेशको सुनखोलामा पुल निर्माण भए पछि गाउँपालिकाको कार्यालय र वडा नं. ५ क्षेत्र सडक सञ्जाल संग जोडिएको छ । जिल्लाको भित्रिमधेश उपत्यकामा रहेको सुनखोलामा करिब १० करोडको लागतमा पुल निर्माणको काम सम्पन्न भएको हो । ७८ मिटर लम्बाई र १० मिटर चौडाईको पक्की मोटरेवल पुल बने पछि आलिताल गाउँपालिकाका २५ हजार जनता प्रत्यक्ष रुपमा लाभान्वित भएका छन ।
गोदाम बजार देखि पालिकाको कार्यालय सम्म पुग्ने सडक कलोपत्रे समेत भईरहेको छ । करिब सात सय मिटर सडक कालोपत्रेको काम पुल निर्माणको ठेक्का संगै निर्माण व्यवसायी संग सम्झौत भएको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङ्गले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी