२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । कञ्चनपुरको मझगाउँ विमानस्थलले निर्माणमा गती लिने भएको छ । विमानस्थलमा निर्माण हुने संरचनाको पुस २८ गते शिलान्यास गर्ने तयारी भइरहेको हो ।
लामो समयदेखि बन्द रहँदा प्रयोग विहीन भएको विमानस्थल पुनः सञ्चालनका लागि आवश्यक संरचना निर्माणको शिलान्यास गरिने कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. दीपक प्रकाश भट्टले जानकारी दिएका छन् । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले विमानस्थलका संरचनाहरूको शिलान्यास गर्ने भएका छन् ।
विमानस्थल पुनर्निर्माण कार्यमा सङ्घीय सरकारको ५०%, प्रदेश सरकारको २५%, भीमदत्त नगरपालिकाको १५% र दोधारा चाँदनी नगरपालिकाको १०% लगानी रहेको छ । सरकारले ४५ करोड ६६ लाख लागत अनुमानको ठेक्का आह्वान गरेको थियो । निर्माणको ठेक्का कान्छाराम केएस जेभी निर्माण सेवाले पाएको छ । विमानस्थल सञ्चालनका लागि १ हजार ५ सय मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्यान्ड लगायत आवश्यक संरचना निर्माण गरिने छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी