२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर:
भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रमा झुन्डाईएका मदिरा,धुम्रपान, तथा सुर्तीजन्य पदार्थका बिज्ञापन गरिएका होर्डिङ बोर्डहरु हटाउन सकेको छैन् । नेपाल सरकारले स्थानिय तहलाई होर्डिङ बोर्डहरु हटाउन पत्राचार गरेपनि नगरपालिकाले सुचना सार्वजनिक गर्दा पनि होर्डिङ बोर्डहरु हटाउन सकेको छैन् ।
नगरपािलकाले सुचना प्रसारण गरेको १ हप्ता बढी समय बितेपनि होर्डिङ बोर्डहरु हटाउनमा फेरी केही समय लाग्ने बताउदै आएको छ । जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा १ मा मदिरा, चुरोट, सुर्ती तथा सूर्तिजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकुल असर गर्ने कुनैपनि विज्ञापन सामाग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेको साथै विज्ञापन ( नियमन गर्ने) ऐन २०७६ को दफा ५ को उपदफा १( ५) मा प‘प्रचलित कानूनले विज्ञापन गर्न निषेध गरेका विषयमा विज्ञापन गर्न नहुने’ व्यवस्था गरेको छ ।
तर कञ्चनपुरका मुख्य बजार क्षेत्रहरुमा अहिले पनि बिज्ञापन गरिएका होर्डिङ बोर्डहरु यथावत नै रहेको पाईएको छ भीमदत्त नगरपालिकाले सुचना गरे पनि समय धेरै हुँदा सम्म पनि नगरपालिकाले उक्त बिज्ञापन गरिएका होर्डिङ बोर्डहरु हटाउनमा खासै चाँसो नदिईएको पाईएको छ ।
नियमानुसार सार्वजनिक जग्गामा विज्ञापन राख्न नपाइने, झ्याल–ढोका छोपी राख्न नपाइने, विज्ञापन राखेकै भरमा छिमेकीलाई असर पार्न नहुने, सम्पदा भएका स्थानसम्म राख्न नपाइने कानूनी व्यवस्था रहेको छ । अहिले नगरपालिकाले नगर प्रहरी मार्फत बजार क्षेत्रमा रहेको होटल व्यापार व्यावसाय गरिरहेको पसलहरुमा तथ्याङक संकलन को काम गरिरहेको भीमदत्त नगरपालिका अधिकृत छैँठौ सुवास अधिकारीले बताएका छन् । “अहिले नगर प्रहरीले बजार क्षेत्रमा डाटा लिईरहेको छन् ।” उनले भने, माघको पहिलो हप्ता भित्रै सबै होर्डिङ बोर्डहरु हटाउनको लागि आफुहरुले कार्य गरिरहेको उनले बताए ।
मन्त्रालयबाट परिपत्र भएको लामो समय बित्दा पनि नगरपालिकाको चरम लापर्वाहीले गर्दा अहिले पनि होर्डिङ बोर्डहरु होटेल पसलहरुमा टांगिएको अवस्थामा रहेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी