२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर:
कञ्चनपुरमा तस्करबाट घुस लिएको आरोप लागेका सशस्त्र प्रहरीका सई वीरेन्द्र चन्द मुख्यालय तानिएका छन् । पुनर्वास नगरपालिकामा रहेको सशस्त्र प्रहरी बल बीओपी आपतालका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्र चन्दलाई शनिबार एक भारतीय तस्करबाट घुस लिएको आरोप लागेको हो । उनलाई शनिबार साँझ भारतीय बजार बसहीबाट मोटरसाइकलमा हार्डवेयरका सामान ल्याएका मुन्ना गुप्ता नाम गरेका भारतीय तस्करबाट ५० हजार रकम घुस लिई छोडिदिएको आरोप लागेको थियो । आरोपपछि सई चन्दलाई डीआईजी कार्यालय बाहिनी मुख्यालय कैलाली तानिएको बताइएको छ । तस्करले मोटरसाइकलमा हार्डवेयरको सामान बोकेको रे उसलाई पछ्याउने क्रममा सामान छोडेर भागेको सई चन्दको बयान रहेको छ उनले २८ हजार मूल्य बराबारको उक्त सामान त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाइसकेको बताए । चन्दलाई आपताल बिओपीमा काम गर्न थालेको एक हप्तामै घुस लिएर तस्कर भगाएको आरोप प्रहरीभित्रैबाट लागेको हो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी