२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर:
बझाङको विकट वस्तीका नागरिकलाई नागरिकता बनाउन सास्ती बेहोर्नु परेको छ । जिल्ला प्रशासन कार्यालय बझाङमा नागरिकताका लागि टाढा टाढाबाट लामो दुरी पारगरेर आउनेहरुले दिनभर लाइन बस्दा सास्ती बेहर्नू परेको हो । कतिपय स्थानियहरु तीन दिनको पैदल बाटोको यात्रापछि मात्रै बझाङ सदरमुकाम चैनपुर पुग्नु पर्ने बाध्यता रहेको छ । जिल्ला प्रशासन कार्यालय बझाङ पुगेकी बुङ्गल नगरपालिका–२ कि विमला धामीले दिनभर लाइन बस्दा पनि नागरिकता बनाउन पाइनन् । ९० किलोमिटरको दूरी पारे गरेर नागरिकता लिन एकवर्षे दूधे बालक बोकेर घरबाट दुई दिन हिँडेर आएकी उनी सेवाग्राहीको भीडभाडले नागरिकता बनाउन दुई दिन प्रशासन धाउनु परेको उनले भनिन् । उनले पहिलो दिन बिहान ११ बजेदेखी जिल्ला प्रशासन कार्यालयमा लाईन बसेपनी त्यो दिन काम नभएको बताईन् । हिजो पनि दिनभर नागरिकता बनाउनका लागि लाइनमा ५ बजेसम्म बस्दा नागरीकता नपाएको उनले दुखेसो गरिन् । घरबाट हिँडेको तेस्रो दिनपछि मात्र नागरिकता पाइन् । जिल्ला प्रशासन कार्यालय बझाङमा नागरिकताका लागि लाइनमा बस्नु पर्ने अधिकांश नागरिकले यस्तै समस्या भोग्नुपरेको बताएका छन् । अनलाइनबाट सेवा दिने प्रबन्ध मिलाइएको भएपनि थेग्नै नसकिने भीडभाडले काम गर्न समस्या भैरहेको छ । समयमा नै काम नहुँदा दुई तिन दिनसम्म जिल्ला प्रसासन कार्यालय धाउनुपर्ने बाध्यता रहेको उनीहरुको भनाई छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी