२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर। गृह मन्त्रालयले बुधबार सुदूरपश्चिमका तीन सहित नौ जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ । गृहमन्त्रालयका अनुसार बझाङ, बाजुरा, दार्चुला, बागलुङ, झापा, सुर्खेत, ओखलढुङ्गा, इलाम, रुकुम (पश्चिम) जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको हो ।
जसअनुसार बझाङको प्रमुख जिल्ला अधिकारीमा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललाई सरुवा गरिएको छ भने इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख उपेन्द्र पौडेलको बाजुरा जिल्ला प्रशासन कार्यालयमा गरिएको छ । यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने दार्चुलाका सिद्ध राज जोशीलाई गृह मन्त्रालयमा तानिएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी