२०८१ मंसिर ७, शुक्रबार
महेन्द्रनगर । महाकाली अस्पतालमा रासन ठेक्कामा फेरी विवाद देखिएको छ । आर्थिक चलखेल गरेर ठेक्काको लागि दिईएको टेण्डरका कागजात सबै अस्पताल प्रशासनको कार्यालय भित्रैबाट चोरी भएको छ ।
भीमदत्त नगरपालिका २ उल्टाखामका स्थानीय नविन शाहले टेण्डर आब्हानका लागि आकास निर्माण सेवा मार्फत २१ पुष ११ः५५ मा आफ्ना सहकर्मी पदम बहादुर बोहरालाई लिएर टेण्डर दर्ताका लागि अस्पताल पुगको र अर्का ठेकेदार विरेन्द्र शाहले टेण्डर दर्ता गर्ने कोठाको ढोका भित्रबाट बन्द गरीे टेण्डर दर्ता गर्न नदिएको बताए । सहकर्मी बोहराले जवरजस्ति ढोका खोली दर्ता गर्न बसेका कार्यालयका कर्मचारी कार्यालय सहयोगी चाम पाण्डेयको टेबलमा दिएको नविन शाहले बताए ।
आफु समय भित्रै पुगेर कार्यालय सहयोगी पाण्डेयको टेबुलमा दिएको र पछि २५ देखी ३० जनाको ठेकेदारहरुको समुह कोठामा प्रवेश गरि धक्कामुक्की गर्दै कागजातहरु सबै एकाएक गायव पारेको शाहले बताए ।
“अन्य ठेकेदारपनि टेण्डर दर्ताका लागि अस्पताल प्रशासनमा पुगेका थिए” । उनले भने, “लाह छाप सहित शिलबन्द गरिएको फाईल नै गायब गरिदिएका छन् ।” आफुले सम्पुर्ण प्रक्रिया पुराएर बैंकमा १ लाख ३० हजार राजश्व समेत बुझाएको भौचर सहित लिएर शिलबन्दी खाम लिएर प्रशासनमा बुझाएको उनले बताए ।
कार्यालय सहयोगी पाण्डेयले कागजात सबै टेबुलमा राखेको सीवकार गरेका छन् । शाहले अस्पताल भित्रकै केही कर्मचारीको चलखेलमा आफ्नो टेण्डर गायब गरिएको बताए । शाहले महाकाली अस्पतालमा टेण्डर चोरी र घोटाला भईरहेको भन्दै छानबिनका लागि प्रशासनमा समेत उजुरी दिएका छन् ।
अस्पतालले पोषण कार्यक्रम र असाहय, अपाङ्गताका लागि अस्पतालले टेण्डर आब्हान गरेको थियो । महाकाली अस्पतालका सिओ नन्दराज भट्टले कार्यालय समय अघि ६ टेण्डर दर्ता भएको बताए । उनका अनुसार ६ टेण्डर दर्ता भएका छन् । नविन शाहको टेण्डर समय भित्रै नपुग्दा दर्ता नगरेको उनले बताए ।
अस्पताल प्रशासनबाटै दिनदाहाडै कागजात चोरी हुनु भनेको अस्पतालको गम्भिर लापरवाही भएको शाहले आरोप लगाएका छन् । यो घटनाको निस्पक्ष छान विन तथा टेण्डर रद्ध गरी पुनः खोलिनुपर्ने उनको माग रहेको छ । आफनो टेण्डर नपरे पनि केही छैन तर निस्पक्ष तवरले प्रक्रिया पुय्राएर कामकार्वाही हुनुपर्ने उनको माग रहेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी