२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । कैलालीको कैलारी गाउँपालिकालाई जातीय छुवाछुत तथा भेदभाव मुक्त गाउ“पालिका घोषणा गरिने भएको छ । कैलारी गाउँपालिकालाई जातिय तथा वर्ग विशेषमा हुने भेदभावमा सुधार आउँदै गरेपछि यहि पुस २४ गते शनिबार छुवाछुत तथा भेदभाव मुक्त घोषणा गर्न लागिएको हो । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले गाउँपालिकामा ९० प्रतिशत व्यक्तिहरुमा जातीय छुवाछुत तथा विभेद रहित पाइएपछि सो घोषणा गरिन लागेको बताए ।
गाउँपालिकाले सो घोषणा गर्न सूचक तयार गरेको र कार्यपालिकाको निर्णयबाट जारी गरिएको सूचकका आधारमा गाउँपालिकाले सर्वेक्षण गर्दा ९० प्रतिशत व्यक्तिहरुमा विभेदरहित रहेको पाइएकोले ‘सोही सूचकलाई आधार बनाएर गाउँपालिकालाई छुवाछुत तथा भेदभाव मुक्त घोषणा गर्ने तयारी गरेको जानकारी दिए । कुल जनसंख्याको ९७ प्रतिशत थारु बाहुल्य क्षेत्र रहेको सो गाउँपालिकामा दलित लगायत अन्य समुदायको पनि बसोबास छ । गाउँपालिकाभित्र वर्ग र जाति विशेषले विभिन्न प्रकारका विभेद सहनु परिरहेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी