२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । कोरोनाको नयाँ भेरिएन्टको परिक्षण अब कञ्चनपुरमा हुने भएको छ । अहिले सम्म स्वाव संकलन गरेर काठमाण्डौ पठाउँदै आरहेका सुदूरपश्चिमका अस्पतालहरुले अब महाकाली प्रादेशिक अस्पतालमा परिक्षण हुने भएको हो ।
अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले अब सुदूरपश्चिम भरीमा महाकाली अस्पतालमै उक्त सेवा प्रदान गर्ने बताए । अहिले सम्म सुदूरपश्चिमबाट ओम्निक्रोमको परिक्षणको लागि काठमाण्डौ पठाउनु पर्ने अवस्था रहेकाले अबदेखी महाकाली अस्पतालमै परिक्षण गरिने जानकारी दिए ।
अहिले संक्रमितको संख्यामा पनि वृद्धी भईरहेको अवस्थामा कोरोना परिक्षण गरी नयाँ भेरिएन्ट हा वा होईन भनेर एकिन गर्न पनिसहज हुने र विरामीहरुको उपचारमा पनि सहज हुने उनले बताए ।
पहिलेका दिनमा नयाँ भेरिएन्ट पत्ता लगाउन रिपोर्ट काठमाण्डौबाट आउने बेला सम्म कुर्नुपर्ने उपचारमा पनि बाधा पुग्ने भएकाले अब विरामीको पनि सहज रुपमा उपचार हुने बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी