२०८१ मंसिर १२, बुधबार
कञ्चनपुरमा कोरोना संक्रमितको संख्या दिनदिनै बढदै गईरहेको छ । पश्चिमी सिमानाका गड्डाचौकी भएर भारतबाट आउने नेपाली दाजु भाईहरुमा परिक्षण गर्दा संक्रमितको संख्यामा वृद्धि भएको जिल्ला स्वास्थ्इ कार्यालयले जनाएको छ ।
आईतवार एकैदिन २३ जनामा कोरोना संक्रमित फेला परेको हो । एन्टिजिन बिधीबाट गरिएको परिक्षणमा १४ जना पिसिआर परिक्षणबाट ९ जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा भीमदत्तमा ३ जना, वेदकोटमा १ जना, कृष्णपुरमा २ जना, गडडाचौकीमा १२ र बाहिरी जिल्लाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । यो सहित कञ्चनपुरमा कोरोना संक्रमितको अहिले सम्मको संख्या ९ हजार २ सय ७२ पुगेको छ ।
जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ९ रहेको छ । आज ७ जनाले कोरोना जितेर घर फर्किएका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ८ हजार ८ सय ४२ रहेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी