२०८१ मंसिर १०, सोमबार
दोधारा । कोरोना भाइरसको नया भेरियन्ट ‘ओमिक्रोन’ कञ्चनपुरमा पनि भित्रिसकेको अवस्थामा दोधारा चादनी नगरपालिकाको सिमा क्षेत्रमा यसको अनुगमन र निगरानी फितलो देखिएको छ् । नेपाल सरकारले सबै सीमा नाकामा नया भेरियन्टको सम्भावित संक्रमण प्रति सतर्क रहदै पूर्व तयारीका लागि जुट्न निर्देशन दिईसकेको अवस्थामा दोधारा चादनी नगरपालिकाको सिमा क्षेत्रमा यसको अनुगमन र निगरानी फितलो देखिएको छ् । दोधारा चादनी नगरपालिकाको भारत संग जोडिएको खुला सिमा क्षेत्र तथा त्यसको तयारी फितलो देखिएको हो । खुला सीमा नाकामा कडा निगरानी गर्ने र नेपाल भित्रिने सबै व्यक्तिहरुको एन्टिजेन परीक्षण सुरु गर्ने निर्णय गरेको भए पनि सो अनुसारको तयारी भएको देखिएको छैन् । दोधारा चादनी नगरपालिकाका झण्डै ३५ किलोमिटर भारत÷नेपाल खुला सिमा क्षेत्रमा आवतजावत तथा किनमेलको ओईरो रोकिएको छैन् । खुला सीमा क्षेत्रबाट अहिले पनि बिना परिक्षण भारतीयहरु नेपाल प्रवेश गदै आएका छन् । यसले खुला सिमाबाट ओमिक्रोन’ संक्रमित दोधारा चा“दनी नगरपालिकामा प्रवेश गर्ने सम्भावना यसले बढाई दिदा जोखिम पनि उतिकै बढाएको छ् । दोधारा चादनी नगरपालिकाको खुला सिमा क्षेत्रबाट दैनिक दर्जनौं नेपाली किनमेलका लागी सीमावर्ती भारतिय बजार पुग्ने गरेका छन् भने, भारतीय नागरिकहरु पनि ब्यवसाय गर्न, आफन्त भेटघाट गर्नको लागि दोधारा चादनीमा आउने गरेका छन् । सरकारले नया भेरियन्ट ‘ओमिक्रोन’ भित्र्न नदिन सीमा नाकामा कडा निगरानी गर्ने र नेपाल भित्रिने सबै व्यक्तिहरुको कोरोना परिक्षण सुरु गर्ने निर्णय गरेको छ् । तर स्थानीय प्रशासन र स्थानिय सरकारले कार्यान्वयन ल्याउन सकेको छैन । आवत जावत गर्दै गरेको खुला सिमा क्षेत्रमा नेपाल प्रवेश गर्ने भारतीयहरुको सामान्य ज्वरो नाप्ने समेतको काम हुन सकेको छैन् । कोरोनाको पहिलो र दोस्रो लहरमा दोधारा चा“दनी नगरपालिकाले बिभिन्न स्थानमा हेल्थ डेष्क राखेको थियो । अहिले दोधारा चादनीको कुनै पनि स्थानमा हेल्थ डेष्क छैन् । नेपाल प्रवेश गर्ने भारतीय र तेस्रो मुलुकका मानिसको कुनै परिक्षण बिनानै नगर क्षेत्र प्रवेश गर्ने गरेका छन् । दोधारा चादनीको खुला सीमा क्षेत्रमा बढी आवत जावत गर्ने स्थानको मुख्य मुख्य बाटोहरुमा स्वास्थ्य परिक्षण गर्न हेल्थ डेष्क सरकारले नबनाए सम्म परिक्षणको कार्य प्रभावकारी नहुने स्थानियहरुको भनाई रहेको छ् । नया भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमणको दर उच्च गतिमा बढिरहेको भन्दै स्वास्थ्यकर्मीहरुले यसको रोकथाम र नियन्त्रणका लागि मुख्यतया स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न सुझाव दिदै आएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर शुशिल जोशीका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा ओमिक्रोन संक्रमण भएको कुनै लक्षणका बिरामी अझै सम्म नभेटिएको बताएका छन् । ‘दैनिक २०÷२० जना बिरामी आउछन् त्यसमा ओमिक्रोन संक्रमणका लक्षण भएका अझै सम्म बिरामी देखिएका छैनन्’ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर शुशिल जोशीले भने –‘तीव्र गतिमा फैलिन सक्ने नया“ भेरियन्ट ‘ओमिक्रोन’ को रोकथाम र नियन्त्रणका लागी सबै सचेत हुन जरुरी छ ।’ दोधारा चा“दनी नगरपालिका कार्यालयले एक सार्वजनिक सुचना प्रकाशित गरि भारतबाट नगर क्षेत्र भित्रिने जोकाहीले ताकिएको नाकाबाट आउन आग्रह गरेको छ् । ‘बिगत २ वर्ष देखि बिश्वब्यापीरुपमा फैलिएको कोभिड १९ को तेस्रो भेरियन्ट ओमिक्रोन बिश्वका धेरै देशहरुमा फैलिएको सन्दर्भमा नेपालमा पनि त्यसको उच्च जोखिम रहेको र खुल्ला सिमा नाकाका कारण दोधारा चादनी नगरपालिकाको सिमा नाका प्रयोग गरि नेपाल प्रबेश गर्दा अनिवार्यरुपमा तोकिएको सिमा नाका प्रयोग गर्न गराउन एवम् अनिवार्य कोभिड चेकजाच गरि मात्र समाजमा घुलमिल हुने तर्फ बिशेष ध्यान दिई समाजमा हुनसक्ने सम्भावित क्षतीलाई न्युनिकरण गर्ने कार्यमा सहयोग गर्न सम्बन्धीत सबैलाई अनुरोध गरिन्छ्’ दोधारा चादनी नगरपालिका कार्यालय जारी गरेको सुचनामा भनिएको छ् । दोधारा चा“दनी नगरपालिका संग जोडिएको खुला नाकाबाट आवत जावत प्रबेशमा रोक लगाईएपनि आवत जावत रोकिएको भने देखिएको छैन् । दोधारा चादनी नगरपालिकाको नेपाल–भारत संग जोडिएको खुला सिमा भएको कारण पुर्णरुपमा आवत जावतमा गर्न असहज भएको सशस्त्र प्रहरी श्रोतले जनाएको छ् । सुरक्षाकर्मीको अभाव त्यसैमा झण्डै ३५ किलोमिटरको लम्बाईको सिमा क्षेत्रमा आवत जावत रोक लगाएन प्रयास भईरहेको सशस्त्र प्रहरी श्रोतको भनाई रहेको छ् । नया भेरियन्ट ‘ओमिक्रोन’ भित्रने नदिन सीमा नाकामा कडा निगरानी गर्ने र नेपाल भित्रिने सबै व्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्ने, आवश्यक स्थानहरुमा स्थानिय सरकारले हेल्थ डेष्क स्थापना गरि कोरोना भाइरसको नया भेरियन्टको सम्भावित संक्रमण प्रति सतर्क रहदै पूर्व तयारीका लागि दोधारा चादनी नगरपालिका जुट्नु पर्ने अपरिहार्य रहेको स्थानियहरुले बताएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी