२०८१ मंसिर ७, शुक्रबार
सिमाना खुल्लम खुला राख, काेराेना अाउँदै अाउँदैन
पार्टीका भेला उत्सव गर, काेराेना प्रिती लाउँदैन
गरेकाे मजाक हाेइन याे , भनेकाे कसम साँच्चिकै
छलमाथि छल छलफल , गरेकाे कसम साँच्चिकै
बतास यति चल्न देऊ, सिमामा परेड खेल्न देऊ
नाकामा चेकजाँच नबढा, मान्छेका हुल ठेल्न देऊ
हजारौं हजार उतारी, भेलामा शक्ति देखाइदे
प्यालिस हाेटेलमा पार्टी , गरेर काेभिड धपाइदे
जनतालाई खाेप लगायाै, त्यसैले पेट भर्ने हाे
पच्चीस त्यहाँ पर्दैनन् , नेताकाे चुनाव गर्ने हाे
बसमा काेचाकाेच गरे, काेराेना बिल्कुल सर्दैन
बजारकाे भीडभाड झन, काेराेना देखि डर्दैन
महङ्गी मात्रै बढाइदेऊ, भाेकभाेकै मरे मराैंला
मस्तले ढुक्क बसे भाे, पेटकाटी कर तिराैंला
बिधुत, यातायातको, भीडतिर काेभिड हेर्दैन
बैंक र पैसा अाउने ठाउँ, काेराेना टेर्दै टेर्दैन
बन्द गर मात्रै स्कुल , भीडभाड बढी त्यहीँ हुन्छ
नपढे के भाे भनिदेऊ, बिद्यार्थी अाफै पास हुन्छ
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी