२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । कञ्चनपुरमा भन्सार छलीका अवैध समान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चपुर मातहत इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी गस्ती टोलीले कृष्णपुर नगरपालिका वडा नम्बर ५ हरियाली सामुदायिक वनबाट सामान बरामद गरेको हो ।
८६ हजार ८०० बराबरका जुत्ता, लेडिज घडी र दुध पाउडर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको प्रहरीले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी