२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर:
नेकपा एमाले कञ्चनपुरको ८ औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रिया चुनावतर्फ मोडिएको छ । नयाँ नेतृत्वको लागि मंगलबार बिहान ११ बजेदेखि चुनाव गर्ने कार्यतालिका रहेको निर्वाचन अधिकृत पुष्पराज ओझाले जानकारी दिए ।
वर्तमान अध्यक्ष बीरबहादुर थापा (पातल) र सचिव सुरेन्द्र बिष्ट आ–आफ्नै प्यानल सहित नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका छन् । माओवादी पृष्ठभूमिका पातललाई सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको साथ छ ।
कञ्चनपुरमा इन्चार्ज भट्ट र एमाले नेता डा. भीम रावलबीच तालमेल बनेको छ ।
उनकै प्यानलबाट तत्कालीन नेपाल समूह हुँदा भीम रावल निकट रहेका बेदकोट नगरपालिकाका मेयर असोक कुमार चन्दले सचिवमा उम्मेदवारी दिएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीकी विश्वासपात्र मानिने कञ्चनपुर इन्चार्ज निरु पालले अध्यक्षका उम्मेदवार भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टलाई साथ दिएकी छिन् ।
सर्वसम्मत नेतृत्व छान्न लामो समय छलफल भए पनि आँकाक्षीबीच सहमति नजुटे पछि निर्वाचनबाट नेतृत्व छानिन लागेको हो ।
निर्वाचन अधिकृत ओझाका अनुसार अध्यक्षमा थापा र बिष्टको उम्मेदवारी परेको छ । यस्तै थापाको प्यानलबाट उपाध्यक्षमा महेश पन्त, सचिवमा अशोक चन्द, उपसचिवमा ईश्वरा कुँवर र शेरबहादुर चन्द उम्मेदवार छन् ।
थापा प्यानलका सचिवका उम्मेदवार चन्दले यसअघि अध्यक्षमा दाबी गरेका थिए । बिष्टको प्यानलबाट उपाध्यक्षमा लक्ष्मी बुढा, सचिवमा पल्लबराज भट्ट तथा उपसचिवमा फैरु तामाङ र कर्णबहादुर चन्दको उम्मेदवारी परेको छ ।
थापाको प्यानलबाट जिल्ला कमिटी सदस्यमा राधाकृष्ण जोशीको पनि उम्मेदवारी परेको छ । उनी माओवादी पृष्ठभूमिका हुन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी