२०८१ मंसिर १०, सोमबार
कञ्चनपुर:
कञ्चनपुरको बन्द रहेको मझगाँउ विमानस्थल पुन संचालनका लागि काँग्रेस नेता रमेश लेखकको जसलिने होडमा देखिएका छन । तत्तकालिन (एमाले,माओवादी केन्द्र) एक हुँदा नेकपा स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधीले बन्द रहेको विमानस्थल पुन शुचारुका लागि बजेटदेखि आवश्यक पहल गरेका थिए । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट, प्रदेशका पुर्वराज्यमन्त्री प्रकास रावल, प्रदेशका राज्यमन्त्री मान बहादुर सुनार, प्रतिनिधी सभा सदस्य डा. दिपक प्रकास भट्टको ०७४देखिको ०७८सम्मको अथक प्रयासबाट नेपाल नागरिक उड्यान प्राधिकरणको शिलान्यास कार्यक्रममा भएको थियो । बुधबार शिलान्यास कार्यक्तममा एमाले, माओवादी र समाजवादीका नेता कार्यकर्ताको सीमित सहभागिता रहेपछि काँग्रेस नेता रमेश लखेकले एक दिन अघि नै निकट नेता कार्यकर्ता प्रयोग गरेर उपस्थितिका का लागि प्रचारबाजी गरेका थिए । रमेश लखेकले आफु निकट जिल्लाभरीका नेता कार्यकर्ताहरुलाई उपस्थिति हुन उद्र्दी गर्दै भिडभाँड जुटाएर जसलिने पक्षमा देखिएका थिए । पाटीको झण्डा सहित रमेश लखेकका कार्यकर्ता सहभागि भएको उक्त भिडमा अन्य नेता संसदको मन्तव्य दिने बेलामा चुपचाप रहदा रहेका थिए । भने रमेश बोल्दा नेता कार्यकर्ता ताली बजाईरहेका थिए । मझगाँउ विमानस्थलका लागि भूमिका नै निर्वाह नगरेर उनले यतिबेला पाटी सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भएको र त्यही गुटको भएको मौकामा जसलिदै भावि चुनावमा जनमत बृद्धिका लागि जिल्लाभरीका नेता कार्यकर्ता भिडजुटाए कोरोना महामारी निन्त्रणका लागि आफ्नै सरकारले अघि सारेको कोडिभ नियन्त्रण मापदण्डको धज्जी उडाएका थिए । काँग्रेसकै कोईराला पक्षका केही नेताहरुले वास्तविक रुपमा मझगाँउ विमान स्थल शुचारुका लागि रमेश लेखक दुई चार पटक निर्वाचन र संसद, मन्त्री हुँदा केही नगरेको बताएका छन । भने कम्यूनिष्ट, एमाले माअोवादीका नेताहरुले चुनाव जित्दा दुई दशकसम्म बन्द रहेको विमानस्थल पुन संचालनमा आएको छ । जसमा काँग्रेस नेता लेखकले जसलिनका लागि शिलान्यास क्षेत्रमा आफु निकट नेता कार्यकर्ताको भिड देखाएर जसलिने काम मात्रै गरेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी