२०८१ मंसिर १३, बिहिबार
महेन्द्रनगर । दार्चुलाको बाढी प्रभावित क्षेत्रको कानून, न्याय तथा संसदिय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूले स्थलगत अवलोकन गरेका छन् । बिहीवार बाढी प्रभावित दुहुँ गाउँपालिका वडा नम्बर ४ र ५ अन्तर्गतका नरोली, बत्थोली, गरमोरा लगायत क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् ।
गत भदौ १३ गते आएको बाढी तथा पहिरोले दुहुँमा ठूलो जनधनको क्षति गरेको थियो । क्षतिकै आधारमा सरकारले गत मंसिर महिनामा दुहुँ गाउँपालिकालाई संकटग्रस्त क्षेत्र समेत घोषणा गरेको छ ।
बाढी पहिरोले निम्त्याएको भौतिक क्षतिलाई पुर्ननिर्माण, पुनःस्थापन गर्न र पीडितहरुलाई उचित राहतको व्यवस्था गर्न पहल थालिएको मन्त्री बडूले बताए । साथै उनले घर जमिन पूर्ण रुपमा क्षति भएका परिवारलाई जमिन किन्नको लागि ३ लाख र घर निर्माण गर्नका लागि ५ लाख रुपैयाँ दिइने जनाए ।
मन्त्री बडूले यसै आर्थिक वर्षभित्र सबै पीडितहरुको समस्या समाधान हुने बताए । त्यस्तै बाढी प्रभावित क्षेत्रको अवलोकन पश्चात् वडा नम्बर ४ धारीमा कार्यकर्ता भेटघाट गरिएको छ । भेटघाट कार्यक्रममा नेकपा एमाले र माओवादी केन्द्रबाट करिब ५ दर्जन कार्यकर्ता काँग्रेस प्रवेश गरेको नेपाली काँग्रेस दार्चुलाका सभापति ललित सिंह बोहराले जानकारी दिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी