२०८१ मंसिर १३, बिहिबार
काठमाडौँ । सरकारले कोरोनाविरुद्धको खोप कार्यक्रम अन्तर्गत आजबाट बुस्टर डोज दिने भएको छ । अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिलाई आजबाट बुस्टर डोज खोप दिने भएको हो ।
६० वर्ष तथा सो उमेरमाथिका नागरिकलाई पनि बुस्टर डोज दिइने भएको छ । ६० वर्ष तथा सो भन्दामाथि उमेर समूहका नागरिकलाई भने माघ १४ गतेबाट खोप दिइने छ ।
स्वास्थ्य सेवा विभागका अनुसार दुबै मात्रा खोप लगाएको ६ महिना भएका नागरिकले पनि १४ गतेबाट खोप लगाउन पाउने छन् ।
स्वास्थ सेवा विभागले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र जिल्ला स्वास्थ्य कार्यालयलाई नागरिकलाई बुस्टर डोज दिन निर्देशन दिइसकेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी