२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । नेपाली कांग्रेसका नेता तथा, केन्द्रिय सदस्य पूर्व सिंचाई मन्त्री एनपी सावदले माघी पर्वलाई धुमधामका साथ मनाउनको तथा थारु समुदायको संस्कृती जोगाउनको लागि र शुक्लाफाँटा नगरपालिका वडा नं. ९ मा रहेको भम्का क्षेत्रको सडक निर्माण धार्मीक स्थल तथा पर्यटकिय केन्द्रको रुपमा विकसित गरिने बताएका छन् ।
सोमवार उक्त क्षेत्रमा आयोजना गरिएको माघी मिलन कार्यक्रमका बिशिष्ट अथिती समेत रहेका सावदले अहिले पनि थारु समुदायले आफनो संस्कृती रहनसहनलाई जेगर्ना गर्नको लागि ठुलो महत्वपुर्ण योगदान गरेको बताए । उक्त क्षेत्रलाई धार्मीक पर्यटकिय क्षेत्र बनाउनको लागि नेपाल कांग्रेसले विकसित गर्न को लागि साथै भौतिक पूर्वाधार पुलको निर्माण विजुली को व्यवस्था गर्ने बचनबद्धता गरेका थिए ।
नेपाली कांग्रेसले सबै जात धर्मको सम्मान गर्ने भएकाले सबै जनजाती हरुको आआफनो मौलिक रहनसहन संस्कृती रहेकाले यसको सम्बर्धन र जेगर्ना गर्नको लागि सदैव साथ र सहयोग गर्ने बताए ।
माघी मिलन कार्यक्रममा बोल्दै नगरप्रमुख दिलबहादुर ऐरले माघी थारु समुदायको महान पर्व भएको हुँदा सवैले एक आपसमा माया प्रेमका साथ मनाउँनु पर्ने वताए । ब्रामहण, क्षेत्री, मगर, थारु चौधरी सबैले सद्भावका साथ मनाउँनु पर्ने उल्लेख समेत गरेका थिए । यि यस्ता समाजिक क्षेत्रका रहेक साँस्कृतिक कार्यक्रममा नगरपालिकाको सदैव साथ रहेको समेत बताए हरेक वर्ष माघी पर्वको लागि बजेट छुटटाएर पनि यसको मौलिकतालाई जेगर्ना गर्नको लागि आफुले सक्दो सहयोग गरेको र आगामी दिनमा पनि साथ र सहयोग रहने जिकिर गरे ।
कार्यक्रमका अध्यक्ष तथा वडा नम्वर ९ का अध्यक्ष रमेश ऐरले वडा भित्र रहेका सम्पुर्ण जातजातीले मनाउने चाडपर्वहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ सम्पुर्ण चाडपर्वहरुलाई परम्परागत रुपमा कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने उदेश्यले यि यस्ता कार्यक्रमको आयोजना गरिएको बताए ।
थारु समुदायको महान पर्व माघीको अवसर पारेर थारु समुदायको बाहुल्यता रहेको सो वडा थारु समुदायको कला संस्कृति, खानपानको संरक्षण तथा सम्वद्धनका लागि माघि मिलन कार्यक्रमको आयोजना गरेको वडा अध्यक्ष ऐर जिकिर गरे, ।
माघी मिलनका अबसरमा थारु समुदायले विभिन्न भेषभुषा तथा साँस्कृतिक कार्यक्रममा प्रस्तुत गरेका थिए । थारु समुदायमा लोप हुन लागेको मघौता नाच,लठौहवा नाच,छोक्टा नाच, र मिघौटा नाचहरको प्रदर्शन पनि गरिएको गरिएको थियो साथै स्थानिय कलाकारहरुले बेजोड प्रस्तुती तथा बिभिन्न कलाहरु देखाएका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी