२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर । चट्याङले बैतडीका विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका टावरमा क्षति गर्दा यहाँका नागरिक सञ्चार विहीन भएका छन् । गत पुस २६ गते परेको चट्याङले दोगडाकेदार स्थित खोचलेक, श्रीभावर, कठपतेलगायतका टेलिकमका टावरमा क्षति गरेको हो ।
नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयबासीलाई सञ्चारको समस्या भएको छ । एक हप्तादेखि टेलिकमको नेटवर्क नआउँदा सञ्चारका लागि समस्या भएको नेकपा (एमाले) दोगडाकेदार गाउँपालिकाका अध्यक्ष काशीसिंह विष्टले बताए ।
‘एक हप्तादेखि सञ्चार सेवा अवरुद्ध छ,’ उनले भने‚ ‘बैंकिङ काम र अन्य कामबाट पनि बञ्चित हुनु परेको छ ।’ नेपाल टेलिकम बैतडीलाई समस्या समाधानबारे जानकारी गराए पनि हालसम्म मर्मत नभएको स्थानीयको गुनासो छ ।
नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमाटाले भने यहाँका विभिन्न टावरमा परेको चट्याङले क्षति पु¥याएकाले नेटवर्कमा समस्या आएको बताए । खोचलेकमा रहेको टावरमा चट्याङले बढी क्षति गरेको र अन्यमा भने सामान्य क्षति पुगेको टमाटाले बताए ।
उनले धनगढीबाट प्राविधिकको टोली आएर मर्मत सुरु गरिससकेको बताए। ‘प्राविधिक टोली दुईदिनदेखि टावर मर्मतमै छ,’ प्रमुख टमटाले भने‚ ‘आवश्यक केही सामान जिल्लामा उपलब्ध समस्या भएको छ, एक दुई दिनभित्रै समस्या समाधन हुन्छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी