२०८१ मंसिर १०, सोमबार
दोधारा । दोधारा चादनी नगरपालिकामा नेपाल प्रहरीको तपाईको खाई मास्क अभियान अन्तर्गत दुई दिनमा पा“च हजार मास्क बितरण गरिएको छ् । कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि जनचेतनामुलक कार्यक्रम सहित सडकमा बिना मास्क हिड्ने, सवारीसाधान चालकहरुलाई ५ हजार मास्क बितरण गरेको ईलाका प्रहरी कार्यालय दोधारा चादनी कार्यालयले जनाएको छ् । अहिले दोधारा चा“दनी नगरपालिका क्षेत्रमा एन्टिजिन परिक्षणमा दिनदिनै कोरोना संक्रमण फेला पर्दै आएको अवस्थामा ईलाका प्रहरी कार्यालयको तपाईको खोई मास्क जनचेतनामुलक अभियान स्वागतयोग्य भएको स्थानियहरुको भनाई रहेको छ् । प्रहरीले हिजो दोधारा चादनी नगरपालिकाको बाबाथान बजार, कालिका बजार, चा“दनी बजार, महाकाली झोलुङ्गे पुल लगाएत क्षेत्रमा मास्क बितरण संगै जनचेतनामुलक कार्यक्रम संगै मास्क बितरण कार्य सम्पन्न गरेको हो । आज दोधारा चादनी नगरपालिकाको वडा नं. ७ बाबाथान बजारमा बृहतरुपमा कार्यक्रम गरि सबैलाई मास्क लगाउनुको साथै स्वास्थ्य मापदण्ड आग्रहका गर्दै झण्डै २ हजार जनालाई मास्क बितरण गरिएको प्रहरीले जनाएको छ् । कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि ईलाका प्रहरी कार्यालय दोधारा चादनीले पुन तपाईको मास्क खोई अभियान सञ्चालनमा ल्याएको हो । तपाईको मास्क खोई अभियानमा बाबाथान प्रहरी चौकीका ईन्र्चाज कृष्णराज भट्ट, ईलाका प्रहरी कार्यालय दोधारा चादनीका रमेश परियार, गोबिन्द बोहरा, नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका कमला उपाध्याय, माईती नेपाल कञ्चनपुरका लक्ष्मी थापा (गुरुङ्ग), दोधारा चादनी नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री लगाएत बिभिन्न संघ–संस्थाका प्रतिनिधी तथा स्थानियहरुको सहभागिता रहेको थिए । कोरोनाबाट सिर्जना हुनसक्ने समस्या र चुनौतीलाई दृष्टिगत गर्दै प्रहरीले संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्तरुपमा कार्यान्वयनका लागि ‘संक्रमणबाट आफू बचौं र अरुलाई पनि बचाऔं’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ अभियान सञ्चालनमा लयएको बाबाथान प्रहरी चौकीका ईन्चार्ज असई कृष्णराज भट्टले बताएका छन् । भारतीय खुल्ला सीमाका कारण कोरोना भाईरसको तेस्रो चरणको संक्रमण दर उच्च हुनसक्ने भन्दै यस अभियानलाई सफल पार्न सम्पूर्ण नगरबासीहरुमा अनुरोध गरिएको बाबाथान प्रहरी चौकीका ईन्चार्ज असई कृष्णराज भट्टले बताएका छन् । नेपाल प्रहरी, माईती नेपाल, नेपाल रेडक्रस सोसाईटीको टोलीले प्लेकार्ड, पर्चा, पम्प्लेट सहितको दोधारा चादनीको बाबाथान बजारमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका प्रतिनिधी कमला उपाध्यायले बताएका छन् । ‘तपाईको मास्क खोई ?, नेपाल मास्क अभियान, म, जिम्मेवार नेपाली’ लगाएतका नाराहरु सहित जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन अनुरोध गर्दै माक्स नलगाई सवार गरेका सवारी चालक तथा पैदल यात्रुहरुलाई कोरोनाको जोखिम सम्बन्धी सम्झाई बुझाई गरी माक्स समेत वितरण गरिएको नेपाल प्रहरीको कार्यक्रम अनुसार कार्यक्रममा आफुहरुले सघाएको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका प्रतिनिधी कमला उपाध्यायले बताएका छन् । ‘कोरोनाको बढ्दो जोखिम रोक्न मास्क अभियानलाई निरन्तरता दिएका छौं । यसका साथै मास्क नलगाई सार्वजनिक तथा निजी सवारी साधनमा यात्रा गर्नेहरुलाई मास्क लगाउन र सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेका छौं ।’ ईलाका प्रहरी कार्यालय दोधारा चादनीका प्रहरी निरिक्षक भरतराज गिरीले जानकारी दिएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी