२०८१ मंसिर १०, सोमबार
महेन्द्नगर । दार्चुलालाई संकटग्रस्त जिल्ला घोषणा गर्न गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा बुधबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति दार्चुलाको बैठकले दार्चुलाका सबै स्थानीय तहहरुमा बर्सेनी विपद्का घटनाहरू हुने गरेको उल्लेख गर्दै संकटग्रस्त क्षेत्र घोषणा गरेर राहत तथा पुनःस्थापनाको कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको हो । यसअघि दार्चुलाको दुँहु गाउँपालिका र अपीहिमाल गाउँपालिकालाई नेपाल सरकारले संकटग्रस्त गाउँपालिका घोषणा गरेको छ । दुँहु गाउँपालिकामा २४४ जनाको घर पुनःनिर्माणका लागि, १४ जनाको घरपरिवार पुनःस्थापनाका लागि र २७२ जनाको घर प्रवलीकरणका लागि सिफारिस गर्ने निर्णय गरिएको छ । अपिहिमाल गाउँपालिकामा आशिंक घर क्षति भएका ८ जनाको मर्मत तथा प्रबलीकरणका लागि सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । घर मर्मत र प्रवलिकरणका लागि ५० हजार, घर गुमाएका परिवारलाई ५ लाख र घर सहित जमिन समेत गुमाएका परिवारलाई ८ लाख रुपैयाँ राहत प्रदान गरिने सरकारले जनाएको छ । दार्चुलाका ९ वटै स्थानीय तहहरुलाई संकटग्रस्त घोषणा गर्न गृह मन्त्रालय अन्तर्गतको विपद् अध्ययन, जोखिम न्यूनिकरण तथा पुर्नलाभ शाखालाई सिफारिस गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी