२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । कञ्चनपुरको जिल्ला प्रशासन कार्यालयमा कर्मचारीहरुलाई कोरोना संक्तमण देखिएपछि कार्यालयबाट प्रदान गरिन् अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी लगायत १२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रवारदेखि आकस्मिक र शान्ति सुरक्षा बाहेकका सेवाहरु केही दिनका लागि बन्द गरेको हो ।
दुई दिन अघि सहायक प्रमुख जिल्ला अधिकारी लगायत तीनजना कर्मचारीमा संक्रमण देखिएको र बिहीवार २५ जना कर्मचारीको पीसीआर परीक्षण गर्दा थप ९ जनामा संक्रमण देखिएपछि कम्तिमा पनि पाँच दिनका लागि प्रशासनबाट प्रदान गरिने नियमित सेवा रोक्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रामप्रशाद पाण्डेले जानकारी दिएका छन् ।
शान्ती सुरक्षा, मुद्धा सुनुवाई र अत्यावश्यक बाहेकका नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, दर्ता, नविकरण, पेन्सन सिफारिस लगायतका सेवा स्थगित गरिएको सूचनामा उल्लेख गरेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी