२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर: राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरको जिल्ला कार्य समिति विस्तार गरेको छ । बिहीबार राप्रपा कञ्चनपुरले आफ्नो नियमित मासिक बैठकबाट कमिटि विस्तार गरेको छ । राप्रपा जिल्ला उपाध्यक्षमा विरेन्द्र चन्द महिला उपाध्यक्षमा नन्दादेवी खत्री, सह सचिवमा चित्र बहादुर गुरुङलाई मनोनित गरेको हो । त्यसैगरी सदस्यहरु त्रिलोक चन्द, शिशिर थापा, शैलेन्द्र भट्ट,कमला चन्द र कलावती नेपालीलाई पनि जिल्ला कार्य समितिमा चयन गरेको छ । राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले जिल्ला समिति विस्तार गरेको राप्रपाका भिमदत्त नगर सचिव करन पालले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी