२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । कञ्चनपुरमा धमाधम कोरोना संक्रमितको संख्या वृद्धि हुन थालेपछि सक्रिय संक्रमितको संख्या पनि बढदै गईरहेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार नजिक पुगेको छ । सोमवार २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या ९ सय ८७ पुगेको हो ।
सोमवार २ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । भीमदत्त नगरपालिकामा एकैदिन ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पश्चिमी सिमानाका गड्डाचौकी भएर भारतबाट आउने नेपाली दाजु भाईहरुमा परिक्षण गर्दा संक्रमितको संख्यामा वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ ।
आज एन्टिजिन बिधीबाट गरिएको परिक्षणमा २ सय ६ जना पिसिआर परिक्षणबाट १३ जनामा कोरोना पुष्टि भएको हो । आज कोरोना पुष्टि हुनेमा भीमदत्तमा ७४ जना, दोधारा चाँदनीमा ४ जना, कृष्णपुरमा १३ जना, शुक्लाफाँटामा १ जना, पुर्नवासमा १४ जना, बेलौरीमा २४ जना, लालझाडीमा १३ र गडडाचौकीमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । यो सहित कञ्चनपुरमा कोरोना संक्रमितको अहिले सम्मको संख्या १० हजार ६ पुगेको छ ।
आज ७२ जनाले कोरोना जितेर घर फर्किएका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ८ हजार ७ सय ९७ रहेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ६ पुगेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी