२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । कञ्चनपुरका २ जना सहित सुदूरपश्चिममा ४ जनामा पहिलोपटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका कोभिड स्रोत व्यक्ति शिद्धराज भटटका अनुसार कञ्चनपुरका २, बझाङ र डोटीका एक÷एक जनामा ओमिक्रोन पुष्टि भएको हो । गत पौष १६ गते भारतबाट आएका उनिहरु त्रिनगर–गौरीफन्टा नाका भएर स्वदेश फर्केका थिए ।
कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाका ४२ वर्षीय पुरुष, पुनर्वासका २९ वर्षीय पुरुष, डोटीको पुर्वीचौकीका ४८ वर्षीय पुरुष र बझाङको विथ्थडचिरका ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको उनले बताए ।
त्यति बेला ति सबै हाम आईसोलेसनमा गएका थिए अहिले कहाँ छन भनेर स्वास्थ्य कार्यालयमा पनि जानकारी नभएको कोभिड स्रोत व्यक्ति भटटले बताए । ‘कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पुष्टि गर्न काठमाडौं पठाइएको थियो,’ उनले भने, ‘उनीहरुमध्ये ४ जनामा ओमिक्रोन पुष्टि भएको छ ।’ कोभिड पुष्टि भएको १६ दिनपछि ओमिक्रोनको रिपोर्ट आएको हो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी