२०८१ मंसिर ६, बिहिबार
काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनले बझाङको चिरवित्थड गाउँपालिका–८ का सचिव दत्तराम अवस्थीमाथि भएको आक्रमणप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
युनियनका उपमहासचिव दुर्गाप्रसाद फुयाँलले मंगलबार एक विज्ञप्ति मार्फत वडासचिव अवस्थी लगायतलाई अवैधानिकरूपमा माग गरिएको चन्दा नदिएको र स्थानीय व्यक्तिगत रिसिवीका कारण कार्यालयमै केही अवाञ्छित व्यक्तिहरुले सामूहिक साङ्घातिक आक्रमण गर्दै अमानवीय र अभद्र व्यवहार गरेको उल्लेख गरेका छन् ।
युनियनले राष्ट्रसेवक कर्मचारीलाई आस्था र अन्य वैयक्तिक कारण सामाजिकरूपमा गलत व्यवहार गर्नु दुःखद भएको उल्लेख गर्दै दोषीलाई कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ । साथै राष्ट्रसेवकलाई निष्पक्ष, तटस्थ, भयमुक्त र स्वतन्त्ररूपमा कामकाज गर्ने वातावरण कायम गर्दै आम राष्ट्रसेवकको जीउधनको सुरक्षा गर्न पनि युनियनले सरकारको ध्यानाकर्षण गराएको छ । रासस
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी