२०८१ मंसिर ७, शुक्रबार
दोधारा:
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय स्वास्थ्य चौकी (दोधारा चादनी) ले आफ्नो संस्थामा आबद्ध भएका सदस्यहरुलाई बिमा रकम हस्तान्तरण गरेको छ । दोधारा चा“दनी नगरपालिका–४ अन्र्तगत पिपल चौतारा महिला समुहका सदस्य धनकला सुनारको निधन प्रति शोक ब्यक्त गर्दै नगद रु. १ लाख ४ हजार उनको परिवारजनलाई प्रदान गरेको छ । एक कार्यक्रमका बिच दोधारा चा“दनी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष भक्त बहादूर सुनार मार्फत उक्त रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा वडाध्यक्ष भक्त बहादूर सुनारले बिमाको महत्व र यसबाट हुने फाईदा बारे जानकारी गराएका थिए । त्यसैगरी निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले समुदायमा बित्तिय क्षेत्रमा पुर्याएको योगदान बारे चर्चा गरेका थिए । शाखा प्रबन्धक जित नारायण चौधरीले आफ्ना ग्राहक सदस्य रहेका दलित, मुक्तकमैया, बादी, हलिया, द्घन्द पिडित, एकल महिला, अपांग तथा जेष्ठ नागरिक सदस्यलाई कर्जाको ब्याज दरमा थप १ प्रतिशत सहुलियत रहेको बताए । व्यवसायिक रुपमा काम गर्न खोज्ने ग्राहक सदस्यलाई लघुउद्यम कर्जा समेत उपलब्ध गराउदै आएको उनले जानकारी दिएका थिए । प्रबन्धक चौधरीले संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कर्जा बीमा, सुत्केरी पोषण, आगलागी, पहिरो तथा बाढी पिडितमा परेका सदस्यलाई आर्थिक राहत सहयोग र ग्राहक तथा निजको परिवारमा गम्भीर रोगबाट पिडित हुदा आर्थिक राहत सहयोग लगाएतका सुबिद्या दिदैं आएको बताएका थिए । समुह सदस्य तथा स्थानियहरुको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण लेखापाल दुखीराम बुढाथोकी र दिब्यश्वर अवस्थीले गरेका थियो । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था सामाजिक रुपान्तरणमा तिन दशक देखि निरन्तर अगाडि बढिरहेको बताईएको छ् । शाखाले कञ्चनपुर जिल्लको दोधारा चा“दनी नगरपालिकामा करिब २ हजार ५ सय सदस्यलाई कर्जा बचत सेवा प्रदान गर्दै आएको छ् । हाल संस्थाले देशको ७७ वटै जिल्लालाई कार्य क्षेत्र बनाई १ सय ८१ वटा शाखा कार्यालय मार्फत सेवाप्रवाह गरिरहेको छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी