२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर:
‘शारीरिक तथा मानसिक रुपमा स्वस्थ भएको अवस्थामा मात्र कुनै पनि कार्य प्रभावकारी रुपमा सम्पन्न गर्न सकिन्छ भन्ने सामान्य मान्यताले पनि सहजै सुरक्षाकर्मीको हालको मनोबिज्ञान बुझ्न सकिन्छ् । अस्थायी रुपमा ‘काम चलाउ’ बनाईएका सशस्त्र प्रहरीका संरचना बिहिन (बिओपी) मार्फत सिमा निगरानी बढाइएको छ् । दोधारा चादनी नगरपालिका वडा नं. १० कुतियावकरमा स्थापना गरिएको सशस्त्र बेस क्याम्प जगबुडा नदीको तिरमै छ् । जगबुडा नदीमा बाढी आउने बित्तिकै सशस्त्र क्याम्प पहिलै बिस्तापित हुनुपर्छ । चिसो मौसममा त्यहाका सुरक्षाकर्मीहरुले निकै सास्ती खेप्नु परेको सुन्नमा पाईन्छ् । उच्च मनोबलका साथ सिमामा खटिएका सुरक्षाकर्मी जोखिममा रहेर काम गरिरहेका छन् । तर प्रहरी निरीक्षकको कमाण्डमा सिमामा तैनाथ सशस्त्र प्रहरीको मनोबल बढाउन तिनै तहका सरकार (नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार) को भुमिका भने त्यत्तीकै कमजोर र लाचार देखिन्छ् । संघीय सरकारले पनि मातहतमा रहेको सशस्त्र प्रहरी बिभागलाई प्रयाप्त रुपमा संरचनात्मक उपलब्धता र प्रोत्साहनका रुपमा थप सुबिधा दिनुपर्ने अवस्थामा त्यस्तो थप कुनै उल्लेख्य निर्णय गरेको देखिदैन, यता प्रदेश सरकारले पनि आवश्यक छलफल तथा समन्वय गरेर सिमामा प्रभावकारी रुपमा सुरक्षा रणनीति लागु गर्न चा“सोनै देखाएको छैन्’
पप्पु गुरुङ्ग, दोधारा । बिश्व कोरोना भाइरस (कोभिड १९) संग जुधिरहेका बेला कोरोना विरुद्ध फ्रन्ट लाइनमा बसेर काम गरिरहेका दोधारा चादनी नगरपालिकाको भारत संग जोडिएका सिमामा रहेका सुरक्षाकर्मीको अवस्था भने निकै जोखिम पुर्ण रहेको देखिन्छ् । सिमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी यति बेला २४ घण्टानै सिमाको रेखदेखमा खटिएका छन् । कोरोनाको नया भेरियन्ट संगै नेपाल सरकार संगै स्थानिय सरकारले खुला सिमा क्षेत्रमा आवागमन रोक्ने निर्देशन पाएका सशस्त्र प्रहरीले दोधारा चा“दनी नगरपालिकाको भारत संग जोडिएको खुला सिमा क्षेत्रमा आवागमन तथा समान ओसार पसार रोक्न कटिबद्ध रहेको देखिएको छ् । चिसो मौसमको शितलहर संगै वर्षाको प्रवाहनै नगरी दोधारा चादनी नगरपालिकाको भारत संग जोडिएको सिमामा खटिएका सशस्त्र प्रहरी सिमानामा छन् । सिमानामा शितलहरको मौसममा खटिने जवानको आफ्नै पिडा पनि संगै छ् । दशगजा पारी रहेका भारतिय सिमा सुरक्षा बल (एसएसबी) स्थायी संरचना र आधुनिक हतियार सहित सिमानामा हुदा नेपाल तर्फका सुरक्षाकर्मी भने खुला आकाशको भरमा अहोरात्र सिमामा खटिएका छन् । दशगजा पारी रहेका भारतिय सिमा सुरक्षा बल (एसएसबी) स्थायी संरचना र हतियार सहित सिमानामा हुदा नेपाल तर्फका सुरक्षाकर्मी भने कर्कट पाताको छानो र कर्कट पाताले घेरेको चिसो क्याम्पमा सुत्न बाध्य भएका छन् । चिसो मौसमले उनिहरुमा स्वास्थ्य समस्या देखा पर्दै आएको श्रोतको भनाई रहेको छ् । ‘रातभरी चिसोले कारण क्याम्प भित्र खाकीको चर्को आवाज आउने गर्छ’ श्रोतले भन्यो । खास गरेर नेपाल सरकारले कोरोना संक्रमणको तेस्रो भेरियन्ट ओमिक्रोनको नियन्त्रण तथा रोकथामको लागी भारत संग जोडिएको खुला सिमा सिल गरेको हो । सिमा क्षेत्र सिल संगै सशस्त्र प्रहरीहरु २४ सै घण्टा सुरक्षाकर्मिको निगरानीमा रहेका छन । दोधारा चा“दनी नगरपालिका क्षेत्रमा ५ वटा सशस्त्र प्रहरी सिमा सुरक्षा बल र १ वटा फोरवार्ड बेस रहेको छ् । अन्य समयको भन्दा हाल कोरोनाको जोखिम कम गर्न सिमा क्षेत्रहरुमा सरकारले कडा निगरानी बढाईएको छ् । शारीरिक तथा मानसिक रुपमा स्वस्थ भएको अवस्थामा मात्र कुनै पनि कार्य प्रभावकारी रुपमा सम्पन्न गर्न सकिन्छ भन्ने सामान्य मान्यताले पनि सहजै सुरक्षाकर्मीको हालको मनोबिज्ञान बुझ्न सकिन्छ् । अस्थायी रुपमा ‘काम चलाउ’ बनाईएका सशस्त्र प्रहरीका संरचना बिहिन (बिओपी) मार्फत सिमा निगरानी बढाइएको छ् । दोधारा चादनी नगरपालिका वडा नं. १० कुतियावकरमा स्थापना गरिएको सशस्त्र बेस क्याम्प जगबुडा नदीको तिरमै छ् । जगबुडा नदीमा बाढी आउने बित्तिकै सशस्त्र क्याम्प पहिलै बिस्तापित हुनुपर्छ । चिसो मौसममा त्यहाका सुरक्षाकर्मीहरुले निकै सास्ती खेप्नु परेको सुन्नमा पाईन्छ् । उच्च मनोबलका साथ सिमामा खटिएका सुरक्षाकर्मी जोखिममा रहेर काम गरिरहेका छन् । तर प्रहरी निरीक्षकको कमाण्डमा सिमामा तैनाथ सशस्त्र प्रहरीको मनोबल बढाउन तिनै तहका सरकार (नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार) को भुमिका भने त्यत्तीकै कमजोर र लाचार देखिन्छ् । संघीय सरकारले पनि मातहतमा रहेको सशस्त्र प्रहरी बिभागलाई प्रयाप्त रुपमा संरचनात्मक उपलब्धता र प्रोत्साहनका रुपमा थप सुबिधा दिनुपर्ने अवस्थामा त्यस्तो थप कुनै उल्लेख्य निर्णय गरेको देखिदैन, यता प्रदेश सरकारले पनि आवश्यक छलफल तथा समन्वय गरेर सिमामा प्रभावकारी रुपमा सुरक्षा रणनीति लागु गर्न चासोनै देखाएको छैन् । दोधारा चा“दनी नगरपालिका कार्यालय तथा वडा कार्यालयहरुले समय समयमा अस्थायी संरचना बनाउन सघाएको पाईन्छ् । शारीरिक तथा मानसिक रुपमा स्वस्थ भएको अवस्थामा मात्र कुनै पनि कार्य प्रभावकारी रुपमा सम्पन्न गर्न सकिन्छ भन्ने सामान्य मान्यताले पनि सहजै सुरक्षाकर्मीको हालको मनोबिज्ञान बुझ्न सकिन्छ् । सिमा जस्तो संवेदनशिल क्षेत्रमा कटिबद्ध भएर खटिएका सुरक्षाकर्मीको अवस्था हेर्दा निकै दयनीय तथा उदेक लाग्दो देखिन्छ । खानलाई शुद्ध पानी छैन, चिसो कर्कटपाता मुनीरात बिताउनु छ्, रुखको फेदमा ओत लागेर सिमामा निगरानी गर्नु परिरहेको सशस्त्र प्रहरीको अवस्था छ् । बिश्व बिपत्ति संग जुधिरहेको यस विषम समयमा नेपालको सन्दर्भमा सशस्त्र प्रहरीको भुमिकाको अत्यन्तै महत्वपुर्ण रहेको छ् । मानवीय संवेदनाका हिसाबले पनि सरकारले सिमामा रहेका सुरक्षाकर्मीको अवस्था बारे सम्बोधन गर्नै पर्दछ । रातदिन, घामपानी, भोक निन्द्रा, घरपरिवार नभनी सिमामा रहेका सुरक्षाकर्मी प्रती सरकार तथा अधिकारीहरु गम्भीर भएर सोच्नु पर्ने देखिन्छ् । आवश्यक स्वास्थ तथा सुरक्षा सामाग्री, प्रयाप्त डाईट, प्रोत्साहनका योजनाहरु लागू गरिनु पर्दछ भने सिमामा खटिएका सुरक्षाकर्मीका लागी भारतिय सशस्त्र प्रहरी बल (भारतिय सिमा सुरक्षा बल एसएसबी) कै बमोजिम भौतिक संरचना तथा उच्च मनोबल बनाउने वातावरण बनाउन सरोकारवाला सबै चुक्नु हुदैन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी