२०८१ मंसिर १०, सोमबार
कंचनपुर:
कञ्चनपुरका विभिन्न स्थानीयतहहरु र राष्ट्रिय भूमि आयोग बिच कार्यसहमति पत्रमा सम्झौता भएको छ ।
भुमि सम्बन्धी समस्या समाधानका लागि गठित आयोगका विज्ञ सदस्य र कञ्चनपुरका पाँच वटा स्थानीय तहका प्रमुख विच विहिवार कञ्चनपुरको महेन्द्रनगरमा कार्यसहमति पत्रमा हस्ताक्षर भएको हो ।
कञ्चनपुरका भीमदत्त नगरपालिका, शुक्लाफाटा नगरपालिका, पुनर्वाश नगरपालिका , लालझाडि गाँउपालिका र वेलडाडि गाँउपालिका विच अव्यवस्थित बसोबास, सुकुम्बासी र भुमिहिनलाई जग्गाधनी प्रमाणपत्र दिन तत्काल काम अघि बढाउने सम्झौता भएको हो । उक्त सहमति पत्रआदान प्रदान कार्यक्रममा बोलदै आयोगका विज्ञ सदस्य टेक बहादुर शाह ले सम्झौता बमोजिम अव्यवस्थित बसोबास, सुकुम्बासी र भुमिहिनलाई जग्गाधनी प्रमाणपत्र दिन तत्काल काम शुरु गर्न
स्थानीयतहका प्रमुखहरु लाई अनरोध गरेका छन ।
राष्ट्रिय भूमि आयोगका कञ्चनपुर जिल्ला अध्यक्ष देवेन्द्र ढुंगानाले पुनर्गठित यस भुमिआयोगले विगतको आयोगले गरेको कामलाई निरनतरता दिदै लालपुर्जा वितरण गर्ने स्पष्ट पार्नु पारेका छ्न ।
सहमतिपत्रमा हस्ताक्षर गर्दै शुक्लाफाटा नगरपालिकाका नगरप्रमुख दिल वहादुर ऐरले सम्झौता अनुसार स्थानीयतहहरु काम गर्न तयार रहेको तर राष्ट्रिय भूमि आयोगको केन्द्र र जिल्ला आयोगले सकृय भएर काम र अनुगमन गर्नु पर्ने बतायका छ्न ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी