२०८१ मंसिर १३, बिहिबार
मार्तडी:
बाजुराको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकाले शैक्षिक सुधार र सहजरूपमा गुणस्तरीय शिक्षा हासिलका साथै विद्यार्थीलाई धुलो र चिसोबाट जोगाउन विद्यालयमा धुलोमुक्त अभियान अघि सारेको छ । गाउँपालिकाभित्रका आधारभूत र माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका बालबालिकालाई गुणस्तर शिक्षा दिन र स्वस्थकर शैक्षिक वातावरण आवश्यक रहेकाले विद्यार्थीलाई चिसो र धुलोमुक्त बनाउने गरी प्रत्येक विद्यालयमा डेस्क, बेञ्च र भुइँमा कार्पेट बिछ्याउने अभियान अघि सारिएको गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताए । ग्रामीण भेगका अधिकांश विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थीलाई बस्ने डेस्क, बेञ्च र भुइँमा ओछ्याउने कार्पेट अभाव हुँदा उनीहरू भुँइमै बसेर अध्ययन गर्दै आएका थिए। गाउँपालिकाका अधिकांश बस्ती दुर्गममा रहेका र समुदायस्तरका बालबालिकाले पठनपाठन गर्ने विद्यालयमा पर्याप्त डेस्क, बेन्च तथा कार्पेट अभावका कारण चिसो भुइँमा बसेर अध्ययन गरिरहेकाले उनीहरूलाई चिसो र धुलोबाट जोगाउन धुलोमुक्त योजना ल्याइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार विद्यालयका कक्षाकोठामा धुलो र चिसोले गर्दा बालबालिकाको स्वास्थ्यमा असर पार्नुका साथै उनीहरुले शिक्षा आर्जन गर्नुको साटो बालबालिकामा निमोनियालगायत रोग लिएर घर फर्किने समस्या भएकाले गाउँपालिकाको आन्तरिक स्रोतबाट सबै विद्यालयलाई चाहिने मात्रामा डेस्क, बेन्च र कार्पेट वितरण गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी