२०८१ मंसिर ६, बिहिबार
दोधारा । दोधारा चादनीमा स्वर्गीय गोबिन्द नेपाली फुटवल प्रतियोगिता संचालन भएको छ् । स्वर्गीय गोबिन्द नेपालीको सम्झनामा आज देखि गोबिन्द नेपाली स्मृती नगर स्तरिय फुटबल प्रतियोगिता २०७८ संचालन भएको हो । कमलशा फुटवल क्लबको आयोजनामा दोधारा चा“दनी नगरपालिका वडा नं. ७ स्थित श्री लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा संचालन भएको फुटवल प्रतियोगितामा नगर क्षेत्रमा ११ फुटवल टिम सहभागी रहेको गोबिन्द नेपाली स्मृती नगर स्तरिय फुटबल प्रतियोगिताका संयोजक चन्द्र प्रकाश बिष्टले जानकारी दिएका छन् । स्वर्गीय गोबिन्द नेपाली श्री लक्ष्मी माध्यमिक बिद्यालयका शिक्षक रहेका थिए । स्वर्गीय गोबिन्द नेपालीको सम्झनामा प्रतियोगिता संचालन गरिएको प्रतियोगिताका संयोजक चन्द्र प्रकाश बिष्टले बताएका छन् । प्रतियोगितालाई सफल बनाउन सहयोगको लागी सबैलाई आह्वान समेत गरिएको छ् । कमलशा फुटवल फुटवल क्लबका अध्यक्ष पवन रावतको अध्यक्षतमा संचालन भएको स्वर्गीय गोबिन्द नेपाली फुटवल प्रतियोगिता उद्धघाटन सत्रका प्रमुख अतिथी दोधारा चा“दनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, बिशिष्ट अतिथीमा स्वर्गीय गोबिन्द नेपालका बुवा मान बहादुर टेलर, कञ्चनपुर जिल्ला खेलकुद अध्यक्ष ओंम बस्नेत, दोधारा चादनी नगर खेलकुद बिकास समितिका अध्यक्ष लोक बहादुर चन्द, शिक्षक काशीराम जोशी, नेपाल रेडक्रस सोसाईटीका धन बहादुर शाही, ईलाका प्रहरी कार्यालय दोधारा चादनीका प्रहरी निरिक्षक भरत राज गिरी, लगाएत सशस्त्र प्रहर,ि स्थानिय तथा खेलाडीहरुको बाक्लो सहभागिता रहेको थियो । स्वर्गीय गोबिन्द नेपालीको झण्डै एक वर्ष अघि आफन्तलाई उपचार गरि घर फर्कने क्रममा भारतको उत्तराखण्ड क्षेत्रको झनकैया सडक खण्डमा मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएका भएको थियो । उनैको सम्झनामा फुटवल प्रतियोगिता संचालन गरिएको आयोजक संस्था कमलशा फुटवल क्लवका अध्यक्ष पवन रावतले जनाएका छन् । मृतक स्व. नेपाली एक सज्जन तथा ईमान्दार शिक्षक संगै समाजमा सबै संग मिल्ने मिलनसार ब्यक्ती रहेको भन्दै दोधारा चा“दनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले उनको याद तथा सम्मानको लागी गरिएको प्रतियोगितालाई सफल बनाउन सबैले सहयोग गर्नु पर्ने बताएका छन् । उद्धघाटन कार्यक्रममा कञ्चनपुर जिल्ला खेलकुद अध्यक्ष ओंम बस्नेतले आयोजक संस्थालाई एक थान फुटवल समेत उपलब्ध गराएका थिए । कार्यक्रममा दोधारा चा“दनीका पुराना फुटवल खेलाडीलाई सम्मान गरिएको स्वर्गीय गोबिन्द नेपाली फुटवल प्रतियोगिताका संयोजक चन्द्र प्रकाश बिष्टले बताएका छन् । आजको उद्धघाटन खेलमा केएसवाईसी र सुन्दरनगर बिच भएको थियो । केएसवाईसीलाई शुन्यको बिरुद्ध २ गोल गरि सुन्दरनगर बिजय भएको भएको हो । प्रतियोगितामा प्रथम हुनेलाई रु. ३० हजार नगद तथा ट्रफी लगाएत कदर पत्र तथा द्धितिय हुने टिमलाई रु. २० हजार नगद तथा ट्रफी लगाएत कदर पत्र राखिएको आयोजक संस्थाले जनाएको छ् । प्रतियोगिता नकआउट सिस्टमबाट खेलाईने बताईएको छ् । भोलीको खेल केएफसी बिरुद्ध महाकाली र सेडा बिरुद्ध कालिका बिच हुने बताईएको छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी