२०८१ मंसिर १८, मंगलबार
दार्चुला । बुधवार दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले दार्चुला खलंगाका एकजना व्यापारीलाई अनाहकमा हातपात गरे, तर उक्त विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले कुनै प्रतिक्रिया जनाएको छैन् ।
उक्त विषयमा बुझन खोज्दा नेपालीमाथि हातपात भएको घटनाबारे आफूहरुलाई कुनै जानकारी नभएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले प्रतिक्रिया दिएका छन् । दिउसो भारतीय बजार धार्चुलाबाट फर्किरहेका ती व्यापारीलाई आफ्नो तस्विर खिचेको भन्दै एसएसबीले झोलुंगे पुलको नेपालतर्फै पुगेर हातपात गरेका थिए ।
‘हातपात गरिरहेका बेला त्यहाँ नेपाली सुरक्षाकर्मी पुगेर बचाव गरेका थिए । व्यापारीलाई चेतावनी दिदै खोसेको मोबाइल नेपाली सुरक्षाकर्मीलाई फिर्ता दिएको बताइएको छ । ती व्यापारीले आफूले कसैको तस्विर नखिचेको र निहू खोजेर एसएसबीले हातपात गरेको बताएका छन् ।
एसएसबीले सीमा क्षेत्रमा नेपाली नागरिकहरुमाथि बेलाबेला दुव्र्यवहार तथा ज्याजती गर्ने गरेको स्थानियहरुको भनाई रहेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी