२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कैलालीले वन कर्मचारीलाई कालो मोसो दल्ने एकजनालाई सार्वजनिक गरेको छ । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई मोसो दलेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ता समेत रहेका पहल पुनमगरलाई सार्वजनिक गरिएको हो ।
आफूहरु विप्लवको कार्यकर्ता भन्दै माघ १७ गते पण्डितलाई कालोमोसो दलिएको थियो । उनीहरुले चन्दा आतंकको विरोध गरेको भन्दै एक्कासी दुव्र्यवहार गरेको पण्डितले बताएका थिए । उक्त सव डिभिजनअन्तर्गत पर्ने कैलालीका सामुदायिक वनमा विप्लवका कार्यकर्ताले चन्दा असुली गर्दै आएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी