२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर : आज बाट हिन्दुहरुको पर्व एकादशी र औसीको दिन माछा,मासु काट्न बंद गर्न जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाएका छन। भिमदत्त नगरपालीका वडा नं. ४ महेन्द्रनगर बजार, सब्जीमण्डी तथा अन्य बजार क्षेत्रमा माछा,मासु व्यबसायीहरुले हिन्दुहरुको पर्व एकादशी र औसीको दिन माछा,मासु काट्न नपाईने कानुनी व्यवस्था रहेको भएपनि प्रचलीत ऐन कानुनका विरुद्ध गई आफुखुसी माछा,मासु व्यवसाय संचालन गरी हिन्दु धर्म माथी घात पुगेको र धर्म संस्कृतिनै मासिने जस्ता कार्य व्यवसायी हरुबाट भईराखेको र यस क्षेत्रका प्रसासकिय निकायहरुले कुनै किसीमको चासो नराखेकाले यस महेन्द्रनगर बजार भित्र मापदण्ड विपरीत सञ्चालन गरीएका माछा मासु पसलहरुमा सुधार ल्याई मापदण्ड अनुरुप संचालन गर्न गराउन यस कार्यालयबाट उल्लेखित माछा मासु पसल संचालन सम्बन्धी प्रचलित ऐन कानुन बमोजिम आबस्यक पहल कदमीका लागी राष्ट्रिय प्रजातान्त्रीक युवा संगठन कञ्चनपुर यस जिल्ला प्रशासन कार्यालय र सब्जिमण्डी व्यवसायी संघमा ज्ञापन पेश गरेका छन ।
आबस्यक पहल कदमी नचालेमा संगठन आन्दोलीत हुन बाध्य हुन व्यहोरा समेत अध्यक्ष्य कमलेश सिंह ले बताउनु भयो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी