२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकी नाका शुक्रवार साँझ ६ बजेदेखी बन्द हुने भएको छ । भारतसंग जोडिएका पश्चिमी सिमानाका चार दिनका लागि बन्द हुने भएका हुन् । भारतको उत्तराखण्डमा हुने विधानसभा निर्वाचनका लागि नेपालसंग जोडिएका सीमानाका बन्द हुने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
उत्तराखण्डमा हुने विधानसभा निर्वाचनका लागि कञ्चनपुरको गड्डाचौकी नाका आज साँझ ६ बजेदेखी बन्द हुने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताए । उनका अनुसार माघ २८ गते साँझ ६ बजेदेखी फागुन २ गते साँझ ६ बजेसम्म नाका बन्द हुनेछन् ।
बैतडी र दार्चुलासित जोडिएका नाका भारतले यही माघ २८ देखि फागुन २ गतेसम्म बन्द गर्न लागेको हो । बैतडीको झुलाघाट तथा दार्चुलाको लाली, जोलजीवी, दत्तु, खलंगा, तिगरम र सीतापुल नाका शुक्रबार साँझ ५ बजेदेखि बन्द हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
सो विषयमा भारतीय प्रशासनले बैतडी र दार्चुला जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । निर्वाचनका बखत सुरक्षा संवेदनशीलताका कारण दुवै देशको सहमतिका आधारमा उक्त नाका बन्द गरिएका हुन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी