२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सहित यहाँका आसपासका वन क्षेत्रमा बाघ गणना शुरु गरिएको छ । निकुञ्जको मुख्यालय मजगाउँमा वन तथा भू–संरक्षण मन्त्री रामसहाय प्रसाद यादबले सर्बेक्षण कार्यको शुभारम्भ गरेका छन् ।
शनिबारदेखि निकुञ्ज सहित आसपासका वन क्षेत्रमा बाघ गणना शुरु गरिएको हो । शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा क्यामेरा जडान गरेर बाघ गणना गरिने निकुञ्जले जनाएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर कुमार महतोले बाघको फोटो खिच्नका लागि स्वचालिक क्यामेराबाट गणना गरिने बताए । उनका अनुसार बाघ गणनाका लागि २ किलोमिटर लम्बाई र २ किलोमिटर २ सय ६० ग्रिट विभाजन गरिएको छ । शुक्लाफाँटा निकुञ्जको चाँदमारी, शुक्लाफाँटा, बेलडाँडी, हिरापुर, डिभिजन वन कार्यालय कञ्चनपुर अन्र्तरत तिलकेनी, बेदकोट, दोम्मिल्ला, डाँगाजाई र डडेल्धुरा अन्र्तरगत आलिताल, नाउला र चिरकोटम गरि ११ स्थानमा क्याम्प रहेनछन ।
तीन साता अर्थात २१ दिनसम्म बाघ गणना हुनेछ । ११ क्याम्प मध्ये निकुञ्ज भित्र ९५ ग्रिटमा १९० क्यामेरा, लालझाडी–ब्रम्हदेब क्याम्पमा १ सय ७ ग्रिटमा २ सय १४ र डिभिजन वन कार्यालय डडेल्धुरा जोगबुढामा ५८ ग्रिटमा १ सय १६ क्यामेरा जडान भएका छन । रहेक ग्रिटमा एक जोडी क्यामेरा १५ दिनसम्म संचालन हुनेछ । बाघ सर्वेक्षणका लागि कुल ५ सय २० क्यामेरा, ७० जना प्राविधिक ५ हात्ती परिचालन हुनेछन । स्वचालित क्यामेरा, सन्टो कम्पास, रेन्ज, फाईण्डर र जिपिएस उपकरण रेकर्ड गरिनेछ । ‘बाघ बस्ने स्थानमा जोडीका हिसाबले क्यामेरा राखिएका छन, ‘उनले भने, ‘बाघ हिड्दा दुवै तर्फ क्यामेराले फोटो खिच्ने निकुञ्ज कार्यालयले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी