२०८१ माघ २१, सोमबार
महेन्द्रनगर । दार्चुलाको नौगाड गाउँपालिकामा भेटियो शंकास्पद भारतीय डिभाइसले वायुमण्डलको डाटा संकलन गर्ने भारतले जनाएको छ । बिहीबार राति आकाशबाट विद्युतीय यन्त्रजडित बेलुन खसेको हो । राति करिब ८ बजेतिर तीन ओटा ब्याट्री जडान गरिएको विद्युतीय यन्त्र जस्तो देखिने बेलुन खसेको वडा नम्बर ३ खारका स्थानीय अर्जुनसिंह ठगुन्नाले बताए ।
आकाशमा उडिरहेको बेलुन विद्युतीय पोलमा ठोक्किएर खसेपछि हेर्दा भारतीय मोबाइल नम्बर लेखिएको ब्याट्री जडित डिभाइस पाइएको उनले बताए । विद्युतीय यन्त्र जस्तो देखिने उक्त वस्तुभित्र मेमोरी कार्ड जस्ता प्लेटहरू, तीन ओटा ब्याट्री जडान गरिएको छ भने भारतीय मोबाइल नम्बर लेखिएको छ ।
उक्त मोबाइल नम्बरमा फोन गर्दा उत्तराखण्ड प्रदेशको राजधानी देहरादुनस्थित भारतीय मौसम विज्ञान विभागको रहेको जानकारी प्राप्त भएको छ । भारतीय मौसम विज्ञान विभागले वायुमण्डलको डाटा संकलनका लागि बेलुन बाँधेर उक्त डिभाइस उडाउने गरेको फोनका जवाफ मिलेको उनले बताए ।
नौगाड गाउँपालिकाका योजना शाखा अधिकृत नरेन्द्र ठगुन्ना, विपद् व्यवस्थापन शाखा प्रमुख कृष्ण सिंह ठगुन्ना लगायतको टोली पनि उक्त स्थानमा पुगेको थियो । उक्त विषयमा बुझ्न प्रहरी टोली खटाइएकाले विस्तृत जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए । यसअघि पनि दार्चुलाको आकाशमा यस्ता शंकास्पद वस्तुहरू फेला पर्ने गरेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय