२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । बेलौरी नगरपालिकाको आठौं नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा पालिकाले आ.व. २०७८ र ७९ को हालसम्मको आय तथा व्ययको विवरण प्रतिवेदन सार्वजनिक गरेको थियो । बेलौरी नररपालिकाले यस बर्ष अहिले सम्म चालु तथा पूँजिगत तर्फ ३१ प्रतिशत खर्च गरेको जनाएको छ । हाल सम्म बेलौरीका १० वडाहरु मध्ये वडा नं.४ ले ४७ प्रतिशत खर्च गरिसकेको छ ।
यस्तै सबै भन्दा कम खर्च गर्ने वडा नं.९ ले ३ प्रतिशत मात्र खर्च गरेको प्रतिवेदनमा सार्वजनिक गरिएको छ । यस्तै थोरै योजना तथा कार्यक्रम सम्पन्न भइसकेका र केही कार्यक्रम गर्न बाकी नै रहेको नगर कार्यपालिका सदस्य हस्त बहादुर बिकले योजना प्रतिवेदनमा बाचन गरेका थिए । बेलौरीको कुल बजेट ६८ करोड ६९ लाख ९९ हजार रहेको छ ।
यस्तैर्, समता मुलक समाजको परिकल्पना ,बेलौरि नगरपालिकाको चाहना जातिय विभेद न्युनिकरणका लागि बेलौरि नगरपालिकाको एक प्रयास लाई मुर्तरुप दिन बेलौरि नगरपालिकाको गरिमामय आठौं नगरसभाबाट“ जातिय छुवाछूत निगरानी केन्द्र (संचालन तथा व्यावस्थापन) कार्यविधि २०७८“ सर्वसम्मतका साथ पारित गरिएको नगरपालिकाका प्रवक्ता बिनोद नेपालीले जानकारी दिएका छन् ।
यसैगरी, राना तथा डगौंरा थारु समुदायको प्रचिनकाल देखि चल्दै आएको भलमन्सा प्रथालाई कानुनी रूपमा मान्यता दिने चुनाबी प्रतिबद्धता अन्तर्गत आठौं नगर सभाबाट भलमन्सा ऐन २०७८ सर्बसम्मत रूपमा पारित भएको उनले बताए ।
कार्यक्रमलाई सम्वोधन गर्दै सभाध्यक्ष तथा बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले आफ्नो ५ बर्षे कार्यकालमा बेलौरीमा धेरै ठुलो उपलब्धी भएको बताए । आफु नगरप्रमुख हुने बेला बेलौरी नगरपालिकाका कुनै कुनै ठाउँमा बर्षातको समयमा साइकल, मोटसाइकल र गाडी नचल्ने खालका सडकहरुमा अहिले सरल तरिकाले आवतजावत गर्न सकिने बताए । हिलो मुक्त नगरपालिका बनाउन सफल भएको बताउदै बेलौरीका अधिकांस किसानको जीवन स्तर माथी उकासिएको चौधरीले बताए ।
आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य र कृषिमा निकै जोड दिएको र काम गरे अनुसारको परिणाम अहिले देखिदै आएको नगरप्रमुख चौधरीले प्रतिवेदनमा उल्लेख गरे । आफ्नो कार्यकालमा विकास निर्माण देखि सामाजिक विकासका सवालमा नगरवासी बाट प्राप्त हुँदै आएको चौतर्फी सहयोगका लागि धन्यवाद समेत व्यक्त गरे । बेलौरी नगरपालिका लाई नमुना नगरपालिकामा रूपान्तर गर्न आफु र आफ्नो टिम दत्तचित्त भएर लागेको चौधरीले बताए ।
बेलौरीका धेरै किसानहरुलाई आत्मनिर्भर बनाउनका लागि बिभिन्न मुनाफामुखि तथा उपलब्धिका कार्यक्रमहरू किसानहरूकै मागअनुसार सञ्चालनमा ल्याईएको र अहिले किसानहरूले त्यसको प्रत्यक्ष लाभ लिदै आएको नगर उप प्रमुख चित्र कुमारी चौधरीले बताईन । महिलाहरूलाई आत्मनिर्भर तर्फ जोड्न थुप्रै शिपमुलक तालिमको आयोजना गरि स्वरोजगारका कार्यक्रम हरू गरिएको बताईन ।
नगर सभाबाट कर्मचारी अमर बहादुर राना सहायक पाचौ,धनीराम चौधरी सहायक पाचौं, मुक्तिलाल पाण्डेय कार्यालय सहयोगी र बिनिता ओड कार्यालय सहयोगीलाई सम्मान गरेको छ । कार्यक्रममा क्षेत्रमा योगदान पुर्याउने संघ संस्था तथा व्यक्तिलाई समेत सम्मानित गरिएको थियो । बेलौरी नगरपालिकाकी प्रशासकीय अधिकृत तथा सूचना अधिकारी शुसिला लेखकले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत मनतब्य नेत्र राज गिरीले राखेका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी