२०८१ माघ १६, बुधबार
महेन्द्रनगर । अछाममा गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई बलात्कार गरेको अभियोग लागेका युवकलाई उच्च अदालत दीपायलले साढे तीन वर्ष कैदको फैसला सुनाएको छ । बैवाहिक बलात्कारका आरोपितलाई तीन बर्ष ६ महिना कैद सजाय सुनाएको हो ।
२०७७ असोज २३ गते सुतिरहेको अवस्थामा आफूलाई बलात्कार गरेको भन्दै महिलाले श्रीमानविरुद्ध जाहेरी दिएकी थिइन् । पीडितका साक्षीका रुपमा छिमेकीहरुले जबर्जस्ती करणी भएपछि गुहार मागेको भनी बयान दिएका थिए । तर युवकले भने सहमतिमै यौन सम्पर्क गरेको बयान दिएका थिए ।
०७७ माघ २६ गते जिल्ला अदालत अछामले पीडितका श्रीमानलाई सफाइ दिएको थियो । सोमबार उच्च अदालत दिपायलका का.मु.मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगतबहादुर थापाको इजलासले जिल्ला अदालतको उक्त फैसला उल्ट्याउँदै कैदको फैसला गरेको हो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय